२७ भाद्र २०८३, शनिबार
,
Latest
प्रलयलाई देखाएर नेपालमा लगानी गर्नु हुँदैन भन्ने धारणा बन्नु हुँदैनः कुलमान आसिफको शतकमा नेपालले युएईलाई दियो ३१४ रनको लक्ष्य हिमाली विपद् सामना गर्न नेपाल–चीन मिलेर अघि बढ्नुपर्छः चिनियाँ राजदुत नेपाल भलिबल लिगः आज अन्नपूर्ण र कर्णालीबीच प्रतिस्पर्धा हुने हिमाली विपद् राष्ट्रिय सीमाभन्दा परको साझा चुनौती होः परराष्ट्रमन्त्री खनाल संरक्षणको प्रतीक्षामा तिलौराकोटका ऐतिहासिक जोडी स्तूप जलविद्युत बनाउने कि नबनाउने भन्ने प्रश्न उठ्नु दुःखद्ः डाँगी दक्षिणी लेबनानमा हेजबुल्लाहको दुई किलोमिटर लामो सुरुङ सञ्जाल ध्वस्त पारेको इजरायलको दाबी कम्बोडिया र म्यानमारबीच व्यापार तथा लगानी प्रवर्द्धनसहित चार सम्झौतामा हस्ताक्षर एसीसी प्रिमियर कप : फाइनल खेलमा युएईविरुद्ध आशिफको शतक
तपाईं के खोज्दै हुनुहुन्छ ?

टीममा युनिटी राम्रो छ, मनोबल उच्च छ: कप्तान पौडेल



फाईल फोटो
अ+ अ-

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टीमका कप्तान रोहित पौडेलले टीममा एकतामात्रै नभएर सबै कुरा राम्रो भएको बताएका छन् ।

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको एकदिवसीय श्रृंखलाअघि सोमबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै रोहितले टीममा युनिटी राम्रो रहेको आफैँलाई महसुस भएको बताएका हुन् ।

‘अहिले टीम युनिटीदेखि लिएर सबै कुरा राम्रो भएको छ म आफैँलाई महसुस हुन्छ । खेलाडीहरू सबैको मनोबल राम्रो छ । राम्रो गर्ने भन्ने माइन्ड सेट छ,’ रोहितले भने ।

लिग–२ का ३६ खेलमा नेपालले १२ खेल खेल्न बाँकी छ । नेपाललाई एकदिवसीय मान्यता जोगाउन यो श्रृंखला निकै महत्वपूर्ण रहेको कप्तान रोहितले बताए । उनले भने, ‘यो श्रृंखला हाम्रो लागि धेरै महत्वपूर्ण छ । लिग २ सिरिजको बाँकी खेल कस्तो हुन्छ भन्नका लागि पनि यो सिरिजले निर्णायक भूमिका खेल्छ । १२ खेलमा ९ खेल जित्नै पर्ने दबाव छ, त्यसैले पनि कति महत्वपूर्ण छ यो चार खेल भन्ने बुझ्न सकिन्छ’।

नेपाली टिमको नयाँ प्रशिक्षकमा मोन्टी देसाई नियुक्त भएपनि यू–१९ देखिनै चिनिरहेकाले उनीसँगको सहकार्य राम्रो भएको रोहित बताउछन् । ‘श्रृंखलाको लागि राम्रो तयारी भएको छ । पछिल्लो १० दिनमा मोन्टी सरले आएर जुन माहोल बनाउनुभएको छ टीममा जुन विश्वास आएको छ, त्यो एकदमै राम्रो भएको छ । हामीले मोन्टी सरलाई यू–१९ देखिनै चिनिरहेका छौं । नयाँ प्रशिक्षक भनेर हामीलाई केही पनि दबाब महसुस भएको छैन । मोन्टी सरले जुन माहोल टीममा बनाउनुभएको त्यसले धेरै सजिलो भएको छ,’ उनले भने ।

मनोज प्रभाकरले मुख्य प्रशिक्षकको भूमिका त्यागेपछि नेपालको नयाँ प्रशिक्षकको रूपमा मोन्टी देसाई नियुक्त भएका थिए । नेपालले यू–१९ एसिया कपमा भारतमाथि ऐतिहासिक जित निकाल्दा नेपालको ब्याटिङ सल्लाहकारमा मोन्टी थिए ।

त्रिकोणात्मक सिरिजमा नेपाल, स्कटल्यान्ड र नामिबियासँगको सहभागिता रहेको छ । नेपालले फागुन २ गते श्रृंखलाको पहिलो खेलमा नामिबियाको सामना गर्नेछ । ५ गते हुने दोस्रो खेलमा स्कटल्यान्डसँग र तेस्रो ६ गते नमिबियासँग खेल्नेछ । यस्तै, नेपालले अन्तिम खेल ९ गते स्कटल्यान्डसँग खेल्नेछ ।

घरेलु मैदानमा हुने भएकाले नेपाली टीमलाई धेरै कुराको फाइदा हुने कप्तान रोहित बताउँछन् । ‘घरेलु मैदान हो हामीलाई फाइदा पक्कै हुन्छ यहाँको पिचसँग हामी अभ्यस्त छौं । यहाँको वातावरण, घरेलु दर्शक सबै कुराले हामीलाई साथ दिन्छ,’ उनले भने ।