५ आश्विन २०८१, शनिबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

भ्रष्टाचार गर्न मन्त्री भएको होइनः पाण्डे



file
अ+ अ-

चितवन । सहरी विकासमन्त्री विक्रम पाण्डेले आफू जनतासँग झुटको खेती गर्न र भ्रष्टाचार गर्न मन्त्री भएको होइन भन्नुभएको छ । भरतपुर महानगरपालिका–१७ स्थित प्राकृतिक आमा समूहले आइतबार आयोजना गरेको कार्यक्रममा उहाँले आफ्नो कार्यकालमा कुनै पनि गलत काम नहुने विश्वास दिलाउनुभयो ।

“मैले गल्ती गरेँ भने मतदाताको मन दुख्छ”, उहाँले भन्नुभयो, “मलाई देशको माया र जनताको आशीर्वाद छ ।” उहाँले निर्वाचनको समयमा मतदाताले दिएको आशीर्वादलाई नभुलेर जनताको काम गर्ने बताउनुभयो । यसपटक जनताले अनुभूति गर्ने गरी काम हुने उहाँको भनाइ छ ।

“विकास सबै ठाउँमा समान प्रकृतिले हुन्छ, पहुँच र भनसुनका आधारमा काम गर्ने परिपाटीको अन्त्य हुन्छ”, उहाँले भन्नुभयो । मन्त्री पाण्डेले आफूलाई चाहना नहुँदा नहुँदै मन्त्री बन्नुपरेको भन्दै पार्टीले दिएको जिम्मेवारी कुशलताका साथ सम्पन्न गर्ने बताउनुभयो ।

राप्रपा उपाध्यक्षसमेत रहनुभएका मन्त्री पाण्डेले पार्टीका एजेन्डाहरू दायाँबायाँ नहुने भन्दै थप अभियानका साथ जनतामाझ जाने बताउनुभयो । उहाँले देशलाई परिवर्तनको अनुभव गर्नेगरी राष्ट्रिय प्रजातन्त्र पार्टीले मात्र काम गर्नसक्ने उल्लेख गर्नुभयो । पार्टी सरकारमा गएपछि झन् थप मजबुत बनेको उहाँको भनाइ छ । रासस