५ पुष २०८२, शनिबार
,
Latest
दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी साफ महिला च्याम्पियनसिपः एपिएफलाई हराउँदै इस्ट बङ्गाल विजयी गृहमन्त्री अर्यालद्वारा नुवाकोटस्थित केन्द्रीय कारागारको निरीक्षण विधि र प्रक्रिया पूरा गरेर महाधिवेशन हुनुपर्छ- नेता सिंह राजनीतिमा मिल्न बाँकी हिसाब ! ‘पार्टीलाई थप सुदृढ बनाउन एकताबद्ध भएर लाग्छौँ’ पत्रकारले आचारसहिंता पुर्ण रूपले गर्नुपर्नेमा जोड टेबलटेनिस प्रतियोगितामा रुविन र इभानालाई स्वर्ण ‘प्रदेश र स्थानीय तहलाई क्षेत्राधिकार हस्तान्तरण नहुँदा सङ्घीयता कमजोर बनेको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

लुम्बिनी प्रदेश सरकारका नवनियुक्त मन्त्रीको सपथ



अ+ अ-

काठमाडौँ । लुम्बिनी प्रदेश सरकारका नवनियुक्त मन्त्रीले आज प्रदेश प्रमुखसमक्ष पद तथा गोपनीयताको सपथ लिनुभएको छ ।

नवनियुक्त मन्त्रीलाई प्रदेश प्रमुख अमिक शेरचनले आज प्रदेश राजधानी राप्ती उपत्यका देउखुरीमा नेपालको संविधानको धारा १७२ बमोजिम सपथ गराउनुभएको हो ।

मुख्यमन्त्रीको सिफारिसमा मन्त्री भएका आर्थिक मामिलामन्त्री जोखबहादुर महरा, खानेपानी, भैतिक पूर्वाधार विकासमन्त्री इन्द्रजित थारु, स्वास्थ्यमन्त्री विष्णुप्रसाद पन्थी, वन तथा वातावरणमन्त्री दुर्गाप्रसाद चौधरी, उद्योग, पर्यटन तथा यातायात व्यवस्थामन्त्री जानकीप्रसाद यादव, कृषि तथा भूमि व्यवस्थामन्त्री तुलसीराम शर्मा र सामाजिक विकासमन्त्री चन्द्रकेश गुप्ताले प्रदेश प्रमुखसमक्ष सपथ लिनुभएको हो ।

मुख्यमन्त्री लिला गिरीको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा (९) बमोजिम मौजुदा मन्त्रिपरिषद्मा शनिबार मन्त्रीहरूको नियुक्ति र कार्य विभाजन गर्नुभएको थियो । यसअघि विनाविभागीय मन्त्रीका रूपमा रहनुभएका ग्रामीण तथा सहरी विकासमन्त्री चेतनारायण आचार्य, आन्तरिक मामिला, कानून तथा सहकारीमन्त्री कृष्णा केसीको पनि शनिबार नै कार्य विभाजन गरिएको थियो ।

सपथ ग्रहण समारोहमा मुख्यमन्त्री गिरी, प्रदेश सभामुख तुलबहादुर घर्ती, पूर्वमुख्यमन्त्री कुलप्रसाद केसी, प्रमुख सचिव डा दीपक काफ्ले, प्रदेश सरकारका उच्च पदस्थ अधिकारीको उपस्थिति रहेको थियो । मुख्यमन्त्री गिरीले गत पुस २८ गते विना विभागीय मन्त्री बनेका दुईसहित नौ सदस्यीय मन्त्रिपरिषद् विस्तार गरी कार्यविभाजन गर्नुभएको हो । विस्तारित मन्त्रिपरिषद्मा सरकारको नेतृत्व गरेको नेकपा (एमाले)बाट चार, नेकपा (माओवादी केन्द्र) बाट तीन तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र जनमत पार्टीबाट एक–एक जना नियुक्त भएका छन् ।

मुख्य न्यायाधिवक्ताको सपथ
लुम्बिनी प्रदेश सरकारका मुख्य न्यायाधिवक्ता खुमकान्त पौडेलले पनि आज पद तथा गोपनीयताको सपथ लिनुभएको छ । मुख्यमन्त्री गिरीको सिफारिसमा प्रदेश प्रमुख शेरचनले पौडेललाई मुख्य न्यायाधिवक्तामा नियुक्त गर्नुभएको हो ।

नवनियुक्त मुख्य न्यायाधिवक्ता पौडेललाई आज उच्च अदालत तुलसीपुरका कामु मुख्य न्यायाधीश गोपाल भट्टराईले प्रदेश प्रमुखको उपस्थितिमा सपथ गराउनुभएको थियो । रासस