१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar संसद अधिवेशन भोलिदेखि अन्त्य हुँदै, अब के हुन्छ निजामति विधेयक ? News Polar संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar घिरिङमा बाढीपहिरोले सात झोलुङ्गे पुल र बेलिब्रिजमा क्षति News Polar कालीगण्डकी करिडोर सञ्चालनमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता

लुम्बिनी प्रदेश सरकारका नवनियुक्त मन्त्रीको सपथ

लुम्बिनी प्रदेश सरकारका नवनियुक्त मन्त्रीको सपथ
अ अ+ अ-

काठमाडौँ । लुम्बिनी प्रदेश सरकारका नवनियुक्त मन्त्रीले आज प्रदेश प्रमुखसमक्ष पद तथा गोपनीयताको सपथ लिनुभएको छ ।

नवनियुक्त मन्त्रीलाई प्रदेश प्रमुख अमिक शेरचनले आज प्रदेश राजधानी राप्ती उपत्यका देउखुरीमा नेपालको संविधानको धारा १७२ बमोजिम सपथ गराउनुभएको हो ।

मुख्यमन्त्रीको सिफारिसमा मन्त्री भएका आर्थिक मामिलामन्त्री जोखबहादुर महरा, खानेपानी, भैतिक पूर्वाधार विकासमन्त्री इन्द्रजित थारु, स्वास्थ्यमन्त्री विष्णुप्रसाद पन्थी, वन तथा वातावरणमन्त्री दुर्गाप्रसाद चौधरी, उद्योग, पर्यटन तथा यातायात व्यवस्थामन्त्री जानकीप्रसाद यादव, कृषि तथा भूमि व्यवस्थामन्त्री तुलसीराम शर्मा र सामाजिक विकासमन्त्री चन्द्रकेश गुप्ताले प्रदेश प्रमुखसमक्ष सपथ लिनुभएको हो ।

मुख्यमन्त्री लिला गिरीको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा (९) बमोजिम मौजुदा मन्त्रिपरिषद्मा शनिबार मन्त्रीहरूको नियुक्ति र कार्य विभाजन गर्नुभएको थियो । यसअघि विनाविभागीय मन्त्रीका रूपमा रहनुभएका ग्रामीण तथा सहरी विकासमन्त्री चेतनारायण आचार्य, आन्तरिक मामिला, कानून तथा सहकारीमन्त्री कृष्णा केसीको पनि शनिबार नै कार्य विभाजन गरिएको थियो ।

सपथ ग्रहण समारोहमा मुख्यमन्त्री गिरी, प्रदेश सभामुख तुलबहादुर घर्ती, पूर्वमुख्यमन्त्री कुलप्रसाद केसी, प्रमुख सचिव डा दीपक काफ्ले, प्रदेश सरकारका उच्च पदस्थ अधिकारीको उपस्थिति रहेको थियो । मुख्यमन्त्री गिरीले गत पुस २८ गते विना विभागीय मन्त्री बनेका दुईसहित नौ सदस्यीय मन्त्रिपरिषद् विस्तार गरी कार्यविभाजन गर्नुभएको हो । विस्तारित मन्त्रिपरिषद्मा सरकारको नेतृत्व गरेको नेकपा (एमाले)बाट चार, नेकपा (माओवादी केन्द्र) बाट तीन तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र जनमत पार्टीबाट एक–एक जना नियुक्त भएका छन् ।

मुख्य न्यायाधिवक्ताको सपथ
लुम्बिनी प्रदेश सरकारका मुख्य न्यायाधिवक्ता खुमकान्त पौडेलले पनि आज पद तथा गोपनीयताको सपथ लिनुभएको छ । मुख्यमन्त्री गिरीको सिफारिसमा प्रदेश प्रमुख शेरचनले पौडेललाई मुख्य न्यायाधिवक्तामा नियुक्त गर्नुभएको हो ।

नवनियुक्त मुख्य न्यायाधिवक्ता पौडेललाई आज उच्च अदालत तुलसीपुरका कामु मुख्य न्यायाधीश गोपाल भट्टराईले प्रदेश प्रमुखको उपस्थितिमा सपथ गराउनुभएको थियो । रासस