१९ मंसिर २०८२, शुक्रबार
,
Latest
हेटौँडाको मुख्य सडक विस्तारको सूचना कार्यान्वयन नगर्न सर्वाेच्च अदालतको अन्तरिम आदेश विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो एनपीएलः जनकपुरलाई हराउँदै लुम्बिनी प्लेअफमा उपराष्ट्रपति यादवसँग सार्क महासचिवको शिष्टाचार भेट महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली आयोगद्वारा निर्वाचनमा समावेशिता र सुशासन सुनिश्चित गर्न दललाई निर्देशन कांग्रेसको कलहः होला त पुसमा महाधिवेशन ? विनाशकारी मौसमी प्रकोपपछि श्रीलङ्कामा ८५ प्रतिशत विद्युत आपूर्ति अवरुद्ध महिला भलिबल प्रतियोगिता : नेपाल पुलिस क्लब विजयी
तपाईं के खोज्दै हुनुहुन्छ ?

८ प्रतिशत आर्थिक वृद्धिदरमा चुनौती: जनार्दनको बजेटबाट करिब साढे २ खर्ब घटाइयो



अ+ अ-

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले विश्व अर्थतन्त्रमा देखिएका कसिला नीतिले नेपालको अर्थतन्त्रमा थप चुनौती थपिएको बताएका छन् ।

आइतबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले आयात नियमनको असर र आपूर्तिमा आएको सुस्तताका कारण राजस्व संकलनमा दबाब परेकोले अर्थतन्त्रमा असर परेको बताएका छन् ।

अर्थमन्त्री पौडेलले राजस्व प्रणालीले अनिवार्य दायित्वमा छुट्याएको रकम समेत नपुग भएको बताएका छन् । यसपटक सरकारले लिएको आर्थिक वृद्धिदरको लक्ष्य हासिल हुननसक्ने उनले बताए । । ‘चालु वर्षको आर्थिक वृद्धिदर ८ प्रतिशत हासिल हुँदैन ।’, उनले भने ।

अर्थमन्त्री पौडेलले चालु आर्थिक वर्ष २०७९/८०को बजेट आकार घटेर १५ खर्ब ५० अर्ब रूपैयाँ हुने अनुमान रहेको बताएका छन् ।

तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले १७ खर्ब ९३ अर्बको बजेट ल्याएका थिए । चालू आर्थिक वर्षको बजेट समीक्षामार्फत उक्त बजेटको आकार घटाएर १५ खर्बमा झारिएको छ । यस्तै राजस्व संकलनको लक्ष्य पनि घटाएर १२ खर्ब ४४ अर्ब ७५ करोड बनाइएको छ ।

यसअघि १४ खर्ब ३ अर्ब राजस्व संकलनको लक्ष्य लिइएको थियो ।