१९ भाद्र २०८३, शुक्रबार
,
Latest
संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ विराट ग्रुपद्वारा बाढीपीडितका लागि रु ७२ लाख सहयोग नेवार समुदायको प्रमुख चाड लाखेजात्रा : भोटेकोशी बाढीका कारण औपचारिकता मात्रै पूरा नानीबाबुहरूलाई प्रधानमन्त्री शाहको सन्देश : यहाँहरूको सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ पृथ्वी बस कम्पनीद्वारा १० लाख सहयोग भरुवा बन्दुकसहित एक जना पक्राउ बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य श्रीमतीको कलेजोले नयाँ जीवन पाएपछि खुसी हुँदै घर फर्किए यादव परिवार विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुदूरपश्चिम जस्तै अन्य ठाउँमा पनि हाम्रो आवश्यकता महसुस होस्: माधव नेपाल



अ+ अ-

धनगढी । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सुदूरपश्चिम प्रदेशमा आफ्नो पार्टीको आवश्यकता महसुस भएजस्तै अन्य ठाउँमा पनि हुने विश्वास गर्नुभएको छ ।

पार्टीको सुदूरपश्चिम प्रदेश कमिटीको बैठकमा भाग लिन धनगढी पुग्नुभएका नेपालले समाजवादी प्रेस संगठनले गरेको पत्रकार सम्मेलनमा एकीकृत समाजवादीप्रति सबैतिर सबैले आवश्यकता महसुस गर्नुपर्ने बताउनुभयो ।

शक्ति सन्तुलनमा एक जना व्यक्तिले पनि धेरै फरक पार्ने उहाँको भनाइ थियो । सुदूरपश्चिम प्रदेशसभामा रहेका पार्टीका प्रदेशसभा सदस्यलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “सुदूरपश्चिम प्रदेशसभामा तपाईंहरु चार जना हुनुहुन्छ । मन खुम्च्याउने काम नगर्नुस् । यहाँको सरकारमा हाम्रो पनि सहभागीता हुनु राम्रो कुरा हो ।”

अन्य स्थानमा पनि हाम्रो आवश्यकता समयमै महसुस गरुन् भन्दै उहाँले अवमूल्यन, अपमान, बेवास्ता कसैले गर्न नहुने उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “हामी पनि कोही हौँ भन्ने कुरा जबसम्म कार्यकर्ता र जनताले महसुस गर्दैनौँ तबसम्म संगठन निर्माणमा लागिरहनुपर्छ ।”

राष्ट्रपति निर्वाचनका सन्दर्भमा उहाँले राष्ट्रिय सहमति अहिलेको आवश्यकता हो भन्नुभयो । राष्ट्रपतिमा तपाईंको पनि नाम चलेको छ नि भन्ने पत्रकारहरुको जिज्ञासामा उहाँले आफ्नो इच्छा मात्र भएर केही नहुने बताउनुभयो ।

पूर्वप्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष नेपालले टीकापुर घटनामा दोषी ठहर भई डिल्लीबजारस्थित कारागारमा रहेका रेशम चौधरीलाई रिहा गर्नुपर्ने बताउनुभयो । बताएका छन् । उहाँका अनुसार रेशम मात्र नभएर माओवादी शान्ति प्रक्रियासँग जोडिएका कुराहरु, विप्लवहरुका मुद्दाजस्ता राजनीतिक प्रकृतिका मुद्दालाई छिटो टुंगोमा पुर्याउन आवश्यक छ ।

वैचारिक शक्तिहरुबीच पार्टी एकता गर्ने पार्टीको नीति भएको उल्लेख गर्दै अध्यक्ष नेपालले एकताका लागि विभिन्न दलहरुसँग संवाद भइरहेको जानकारी दिनुभयो । नेकपा (एमाले)सँग पार्टी एकताबारे सोधिएको प्रश्नमा उहाँले एउटा हातले मात्र ताली नबज्ने टिप्पणी गर्नुभयो ।

उहाँले भन्नुभयो, “ताली बजाउन दुई वटा हात चाहिन्छ । हामीले मात्रै त्यतिकै हात उठाएर केही हुँदैन, हामी कुनै पनि कुरामा संकिर्ण छैनौँ, पूर्वाग्रह राख्दैनौँ, बदलाको भावना लिदैनौं। अरुको अपमान गर्दैनौँ, खिल्ली उडाउदैनौँ हाम्रो आफ्नै किसिमको संस्कार छ त्यहीअनुसार व्यवहार गछौँ ।”