• २ आश्विन २०८१, बुधबार
  •      Wed Sep 18 2024
  •   Unicode
Logo
Latest
★   ‘आठौं संस्करणको कागेश्वरी मनोहरा उज्ज्वल तारा दौड’ असोज १२ गते हुने ★   सांसद बनेको कार्यकालभित्रै विवाह गर्ने कंगनाको संकेत ★   जनकपुरको गंगा सागरमा पितृ तर्पण गर्नेहरुको भीड ★   बझाङको माझीगाउँ केन्द्रविन्दु भएर भूकम्प ★   जम्मु–कस्मिरमा विधानसभा निर्वाचनअन्तर्गत पहिलो चरणको मतदान सुरु ★   पश्चिम म्याग्दीका किसान कोदोखेतीतिर आकर्षित ★   तोलामा रु तीन सयले घट्यो सुनको मूल्य ★   पाँच वर्ष स्थायी प्रधानमन्त्री रहनसक्ने पद्धतीको खोजी गरौँः महामन्त्री शर्मा (अन्तरवार्ता) ★   पश्चगामी सोचसहित आएका संविधान संशोधनका तर्क स्वीकार्य छैनन्- राष्ट्रिय सभा अध्यक्ष दाहाल ★   सहकारी प्रकरण बारे शंकरको टिप्पणी- जान्नेलाई छान्नेले राजनीतिमा दिन खोजेको विकल्प स्पष्टै भएन र ?

कांग्रेसको ढोक्सामा माछा पर्दैन, राष्ट्रपति एमालेकै हुन्छ– पृथ्वीसुब्बा गुरूङ



वीरगञ्ज । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरूङले नयाँ राष्ट्रपति एमालेकै हुने दावी गरेका छन् ।

वीरगञ्जमा प्रेस चौतारी नेपालले आयोजना गरेको संगठन सुदृढीकरण कार्याशाला गोष्ठीलाई सम्बोधन गर्दै गुरूङले राष्ट्रपति एमालेकै उम्मेदवार बन्ने बताएका हुन् ।

गुरुङले प्रधानमन्त्री प्रचण्ड अहिलेको गठबन्धन छोडेर कांग्रेससँग घाँटी जोड्न जानसक्ने अवस्था नरहेकाले आउँदो चुनावसम्मै गठबन्धन कायम रहने बताएका छन् ।

‘अहिलेको सत्तागठबन्धन कायमै हुन्छ । राष्ट्रपति पनि एमालेकै हुन्छ ।’, उनले भने, ‘प्रधानमन्त्री प्रचण्ड अहिलेको गठबन्धन छोडेर कांग्रेससँग घाँटी जोड्न जानसक्ने अवस्था नरहेकाले सत्तागठबन्धन आगामी चुनावसम्म नै कायम रहन्छ । राष्ट्रपतिका विषयमा कांग्रेसले थापेको ढोक्सामा माछा पर्दैन ।’