• १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
  •   Unicode
Logo

धनगढी पुगेर माधव नेपालले भने– रेशमलाई रिहा गर्न आवश्यक छ



धनगढी । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले रेशम चौधरीलाई रिहाई आवश्यक रहेको बताएका छन् ।

समाजवादी प्रेस संगठन कैलालीले आइतबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले रेशमको रिहाइमा जोड दिएका हुन् ।

नेपालले राजनीतिक प्रकृतिका विषयवस्तु र मुद्दालाई छिटो टुंगो लगाउनुपर्ने बताए । ‘उहाँ लाई रिहा गर्न आवश्यक छ । रेशममात्र होइन हिजो माओवादीको शान्ति प्रक्रियासँग जोडिएको कुरा, विप्लवहरुका मुद्दा, हाम्रै पनि कतिपय मुद्दा मामला छन् ।’, नेपालले भने, ‘ यस्ता राजनीतिक प्रकृतिका विषयवस्तु र मुद्दालाई छिटो टुंगो लगाउनु राम्रो हुन्छ ।’

टीकापुर हत्याकाण्डमा दोषी ठहर भएका रेशम हाल डिल्लीबजार कारागारमा रहेका छन् ।