• ४ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 19 2024
  •   Unicode
Logo
Latest
★   सूर्यदर्शन सहकारीबाट गोरखा मिडिया नेटवर्कमा साढे पाँच करोड रकम ट्रान्सफर ★   बेपत्ता चार जनाको शव फेला, बाढीमा फसेका पाँचको उद्धार ★   ओसामा बिन लादेनको ‘नजिकका सहयोगी’ पक्राउ ★   फूड पोइजनिङको शिकार भएर अस्पताल भर्ना भइन् अभिनेत्री जान्हवी कपूर ★   समृद्ध नेपाल: सुखी नेपालीको गन्तव्य पूरा गर्ने अठोट लिएका छौँ: प्रधानमन्त्री ओली ★   श्रीलंका भ्रमणका लागि भारतीय टोलीको घोषणाः टी–२० सिरिजको कप्तानी सूर्यकुमारले गर्ने ★   के छ प्रधानमन्त्रीलाई एमालेले दिएको सुझावमा ? ★   बङ्गलादेशमा कुनै सहयोग आवश्यक परे नेपाली राजदूतावासमा सम्पर्क गर्न आग्रह ★   सम्झनाको उत्कृष्ट ब्याटिङमा नेपालको युएईमाथि ऐतिहासिक जित ★   सिंहदरबारमा तीन दलबिच छलफल: साझा एजेण्डा बनाउने समझदारी

जापानी राजदूतबाट जापानी भाषा वक्तृत्वकलाका विजयीलाई पुरस्कार वितरण



काठमाडौं । नेपालमा जापानी भाषा स्कुल सञ्चालन गर्दै आएको जापानीज ल्याङ्गवेज स्कुल एशोसियसन अफ नेपाल (जाल्सान) ले शनिवार राजधानीमा आठौं जापानी भाषा वत्तृत्वकला प्रतियोगिता आयोजना गर्यो ।
विश्वव्यापी महामारी कोरोनाको कारण सन् २०२१ र २०२२ मा प्रतियोगिता हुन सकेको थिएन् ।

जापानी भाषा अध्ययन गरिरहेका स्कुलका १५ जना विद्यार्थीले भाग लिएको उक्त प्रतियोगितामा सगरमाथा जापानी ल्याङ्गवेज इन्स्टिच्युटका हृदय शाक्य पहिलो, स्काईलार्क जापानी ल्याङ्गवेज स्कुल नयाँबानेश्वरका निकेश घिसिङ्ग दोस्रो, वाकाबा एजुकेशन कन्सल्टेन्सी प्रालिका रबिन दंगाल तेस्रो भएका थिए भने इन्टरनेशनल आइकन एजुकेशनल कन्सल्टेन्सीका अर्चना श्रेष्ठले सान्त्वना पुरस्कार पाए ।

नेपालका लागि जापानी राजदूत युताका किकुताले विजयी विद्यार्थीलाई पुरस्कार र प्रमाणपत्र वितरण गरे । कार्यक्रममा राजदूत किकुताले जाल्सानले आयोजना गरेको प्रतियोगिताको प्रशंसा गर्दै यस्ता प्रतियोगिताले नेपाली विद्यार्थीमा जापानी भाषाप्रतिको चासो दर्शाएको बताए ।

उनले नेपाल र जापानबीचको सम्वन्ध जनस्तरमा प्रगाढ पार्न पनि यस्ता प्रतियोगिताले सघाउने विचार व्यक्त गरे ।

जाल्सानका अध्यक्ष रमेश देवकोटाको सभापतित्वमा सम्पन्न कार्यक्रममा महासचिव अरुण पाण्डे, संस्थापक अध्यक्ष सुनिल बज्राचार्य, केन्द्रीय सदस्य रमेश आचार्य, केन्द्रीय सदस्य एवम् स्काईलार्क जापानी ल्याङ्गवेज स्कुलका प्रिन्सिपल सजिव जङ्ग वन, कोकोरोजासी जापानीज कल्चर एण्ड रिसर्च सेन्टरकी मेरिया खड्गीले बोलेका थिए ।

प्रतियागिताकोे निर्णायकहरुमा जापानी राजदूतावासको सूचना तथा संस्कृति विभागका द्वित्तिय सचिव सातो मायुको, निहोन्जिन खाई नेपालका निर्देशक कुमिको कातो र जाइका एलुम्नाई एशोसियसन (जान) का महासचिव शान्तिलक्ष्मी शाक्य थिए ।