१९ मंसिर २०८२, शुक्रबार
,
Latest
प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिभिन्न अस्पताल अगाडि विरामीका आफन्तको प्रदर्शन



अ+ अ-

काठमाडौँ । चिकित्सकहरुले आन्दोलन गरेपछि विरामीहरु समस्यामा परेका छन् । आन्दोलनका कारण समस्यामा परेको भन्दै विरामी र उनीहरुका आफन्तले वीर, लगायत बिभिन्न अस्पताल अगाडि प्रदर्शन गरेका छन् ।

चिकित्सकहरुको आन्दोलनका कारण वीरलगायत विभिन्न अस्पतालमा आज आकस्मिक सेवाबाहेक सबै सेवा ठप्प छन् । सेवा ठप्प भएको विरोधमा विरामी र आफन्तले प्रदर्शन गरेका हुन् ।

विरामी र आफन्तले अहिले वीर अस्पताल अगाडि नारबाजी गरिरहेका छन् । उपचार सेवा नपाउँदा टाढा टाढााबाट आएका विरामीहरु आक्रोशित बनेका छन् ।

संघीय संसद्को दुवै सदनलाई सम्बोधन गर्नका लागि शुक्रबार संघीय संसद् भवन नयाँ बानेश्वरमा राष्ट्रपति विद्यादेवी भण्डारीको सवारी चलाउने क्रममा वीर अस्पतालबाट ट्रमा सेन्टरतर्फ जाने क्रममा एक चिकित्सकमाथि प्रहरीले हातपात गरेको भन्दै नेपाल चिकित्सक संघले आन्दोलनको घोषणा गरेको थियो ।

उक्त घटनाप्रति स्वास्थ्य मन्त्रालयले दुःख व्यक्त गर्दै आन्दोलन फिर्ता लिन आग्रह गरेको छ । यद्यपि गंगालाल अस्पतालले भने आन्दोलनको अवज्ञा गर्दै विरामीहरुलाई सबै किसिमका सेवा दिइरहेको छ ।