२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

भब्य दर्शक र प्रस्तुतीसहित सिड्नीमा नेपथ्यको अर्को विशाल फड्को

भब्य दर्शक र प्रस्तुतीसहित सिड्नीमा नेपथ्यको अर्को विशाल फड्को
अ अ+ अ-

सिड्नी (अष्ट्रेलिया)। एक त सिड्नीमा पछिल्लोसमय प्रस्तुत हुँदैगरेकोभन्दा झण्डै दोब्बर ठूलो हल । त्यो पनि कन्सर्ट सुरुहुनुभन्दा दुइ घन्टा अगावैदेखि लाइन लागेका दर्शकहरु आधा घण्टा पहिले नै हलमा टनाटन भइसकेका थिए । यसरी पाँच हजारभन्दा बढी दर्शकले भरिभराउ ‘होडर्न पभिलियन’मा शुक्रबार आयोजित नेपथ्य कन्सर्टले दक्षिणी गोलाद्र्धमै नेपाली संगीतलाई एउटा नयाँ मानक खडागरिदिएको छ ।

‘तीन वर्षअघि सिड्नी कन्सर्टका बेला सम्पूर्ण टिकट इन्टरनेटबाटै बिक्रीभएको देखेर मैले नेपाली संगीतमा नयाँ युग उदाएको महशुस गरेको थिएँ,’ नेपथ्यलाई ब्यवस्थापन गर्दैआएको नेपालयका किरणकृष्ण श्रेष्ठ भन्छन्, ‘यसपाला अघिल्लो दिन नै हाउसफूलको सूचना आइसकेको सिड्नी कन्सर्टमा हेर्न आउने दर्शकको आतुरताले ठ्याक्कै समयमा कन्सर्ट सुरुगर्ने हाम्रो नीतिको पनि उच्च सम्मान गरेको देख्दा थप खुशी लाग्यो ।’

हरेकपटक एउटा नयाँ मानक उभ्याउने सिड्नीका नेपथ्यप्रेमीहरुले सँधैजस्तै शुक्रबार पनि आफु मात्र रमाएनन्, माथि मञ्चमा प्रस्तुती दिइरहेको कलाकारहरुलाई पनि ब्यापक उर्जा प्रदान गरिरहे । कतिपय गीतमा त मञ्चमा गाएको आवाजभन्दा तल श्रोताहरुले गाएको आवाजको मात्रा चर्को सुनिन्थ्यो । ‘रेशम’ गाउँदा साथमा नगाएको कोहि देखिँदैन थिए भने ‘तालको पानी’ र ‘मै नाचेँ छमछमी’ गाउँदा नहल्लिएर बसेको कोहि देखिँदैन थिए ।

मञ्चमा कलाकार उपस्थित हुनासाथ चर्को आवाज र उफ्राइले कार्यक्रममा दर्शक उत्तेजनाको पारो झल्काइसकेको थियो । यस्तैमा ब्याण्डले उसको स्थापनाकै पहिलो सिर्जना ‘आँगनै भरि’ बाट आफुलाई अघि बढायो । त्यो गीतमा दर्शकहरुको एकाकार आवाजले भब्य ‘कोरस’को सिर्जना गरेको देखिन्थ्यो । यो क्रमले ‘छेक्यो छेक्यो’हुँदै अन्तिमको ‘रातो र चन्द्रसूर्जे’सम्मै नयाँ पुराना सबै गीतमा निरन्तरता पाएको थियो ।

प्रस्तुतीलाई विशेष बनाउन सदाबहार र नयाँ गीतहरुको सन्तुलित चयन मात्र नभइ प्राविधिक हिसाबबाट पनि अझ जोड दिइएको थियो । अष्ट्रेलियामा यतिबेला आजसम्मकै सबैभन्दा ठूलो अर्थात् १३ सदस्यीय कलाकार, प्राविधिज्ञ र व्यवस्थापकको नेपथ्य टोलीले यात्रा गरिरहेको छ ।

यो कन्सर्टका साथ नेपथ्यले अष्ट्रेलियाकै यस ब्यापारिक राजधानीमा छैठौंपटक सफलताका साथ आफूलाई उभ्याएको छ ।

अष्ट्रेलियाभरमै सबैभन्दा बढी नेपाली बसोबास गर्ने सिड्नीमा नेपथ्यले सन् २००९ मा आफूलाई पहिलोपटक प्रस्तुत गरेको थियो । त्यतिबेला एक विश्वविद्यालयको हलमा १२ सय दर्शक मात्र उपस्थित थिए । त्यसयता ब्याण्डले यो विशाल टापुरुपी मुलुकमा पाँचपटक यात्रा गरिसकेको छ । त्यसमध्ये सन् २०१२ विशेष उल्लेखनीय थियो, जतिबेला २२ सय क्षमताको सिड्नी टाउनहलमा दर्शक नअटाएर बाहिर रहनपुगेका भीँडले निकै बेरसम्म ट्राफिक अस्तब्यस्त पारिदिएको थियो । त्यसपछि सन् २०१५यता लुनापार्कको अडिटोरियममा बारंबार प्रस्तुतभएको नेपथ्यले यसपाला पाँच हजारभन्दा बढी दर्शक अटाउने ‘होडर्न पभिलियन’मा फड्को मारेको हो ।

‘नेपालकै पनि सर्वाधिक प्रस्तुत भएको ठाउँहरुका हाराहारीमा उभिने सिड्नी मेरोनिम्ति घरजस्तै आत्मीय सहर भइसकेको छ,’ नेपथ्यका मुख्य गायक एवं अगुवा अमृत गुरुङ भन्छन्, ‘विश्वभर यसरी नेपाली समुदायको उपस्थिती बाक्लिँदै गइरहेकोमा खुशी लाग्छ । तर, स्वदेशमा अवसरको अभाव भएकैले यसरी नेपालीहरु बाहिरिन बाध्य भएको सत्य आत्मसात गर्नुपर्दा चाहिँ तितो लाग्दोरहेछ ।’
अमृतले शुक्रबार कन्सर्टकै बेला पनि यसरी ‘ब्रेन’ र तन्नेरीहरुको ‘ड्रेन’ छिट्टै थामिएर नेपाल आफैँमा अवसरहरुले भरिएको एक समृद्ध मुलुक बन्ने विश्वास प्रकट गरे ।

नेपथ्यका लोकप्रिय गीतहरु प्रस्तुत गर्नेमात्र नभइ देश र नेपालीय पहिचानका प्रति अमृतले प्रकट गरेका प्रत्येक भावनाहरुमा दर्शकले चर्को ताली र आवाजका साथ ऐक्यवद्धता प्रकट गरेको देखिन्थ्यो ।
उनले केहि दिनअघि अष्ट्रेलियामा भेटिएका एकजना साथीको उल्लेख पनि गरे जो लामो समयदेखि नेपाल गएका रहेनछन् ।
‘पहिले पढाइले जान दिएन, त्यसपछि कामको चटारो, त्यसपछि कोरोना..’

ती साथीले यस्तो तर्क प्रस्तुत गरिरहँदा अमृतलाई दुःख लागेको रहेछ ।

‘परिवारसँग नभेट्न यस्ता थुप्रै बहानाहरु हुनसक्छन्,’ मञ्चबाट अमृतले भने, ‘तर, याद गर्नुस् यस्ता जतिसुकै बहाना भएपनि डाँडामाथिका जुनजस्तै भरे भोली भइसकेका हाम्रा हजुरबा हजुरआमाले पर्खेर बसिरहन सक्ने छैनन् ।’

कन्सर्टमा गीत संगीतसँगै समानान्तर रुपमा नेपालका हिमाल, पहाड र तराइका दृश्यहरुले पनि यात्रा गरेका थिए । पर्दामा प्रस्तुत स्वदेशका ती तस्बिरहरुले गुञ्जँदै गरेका गीतहरुको भावभूमि देखाउँथ्यो । गायक अमृतले गीतको खोजीका क्रममा मुलुकभर यात्रा गर्दा खिचेका तस्वीरहरुको संकलनबाटै ती दृश्यहरु निकालिएका थिए ।


‘हाम्रो मुलुक धेरै सुन्दर छ,’ गाउँदा गाउँदै बीचमा अमृत भनिरहेका थिए, ‘अर्कोपटक स्वदेश फिर्दा सहरबाट निस्केर गाउँहरुको यात्रा गर्न नछुटाउनु होला । तपाइँका अष्ट्रेलियन साथीहरु छन् भने उनीहरुलाई पनि साथमा ल्याउन नभुल्नु होला ।’

कन्सर्टमा सँधैजस्तै ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, गितारमा निरज गुरुङ, बेस गितारमा सुविन शाक्य र मादलमा शान्ति रायमाझीले सघाएका थिए ।

‘यो ब्याण्डको पहिलो एल्बम निस्केदेखि म निरन्तर पछ्याइरहेकी छु र आजसम्म सिड्नीमा भएका सबै कन्सर्ट हेर्नआएकी पनि छु,’ दर्शक घेरामै रहेकी शुशिला शेरचन भनिरहेकी थिइन्, ‘यसरी आफुलाई मनपर्ने ब्याण्ड समयसँगै झन् लोकप्रिय भइरहेको देख्दा खुशी लागिरहेको छ ।’ शुशिलाका अनुसार नेपथ्यले गाउने गीत मात्र नभइ यसले अवलम्वन गर्ने गुणस्तरीयता र मञ्चको प्रस्तुतीले पनि ब्याण्डलाई विशेष बनाएको छ ।
‘आज पहिलो गीत आँगनैभरि गाइरहँदा पुराना तस्बिरहरु पनि पर्दामा बगिरहेको थियो,’ शुशिलाले थपिन्, ‘त्यतिबेला आफ्नै पुराना सम्झनाले फेरि घे¥यो र मैले आँसु थाम्न सकिँन ।’
आफूहरुका पुराना भावना त जोडिएको छँदैछ, सिड्नीमा भर्खरका तन्नेरीहरु पनि उत्तिकै रमाएर नेपथ्यलाई हेरिरहेको देख्दा झनै खुशी दोब्बर भएको शुशिलाको भनाइ थियो ।

शुशिलाजस्तै सिड्नीमा नयाँ पुस्ताका दर्शकहरुको ब्यापक उपस्थितीले फोटोपत्रकार सुधिरा शाहलाई पनि तरंगीत पारेको थियो ।
‘यो सहरमा नेपालीहरुको थुप्रै जमघटमा भेटिने प्रायः अनुहार अर्कै हुनेगर्छ,’ सुधिरा भनिरहेकी थिइन्, ‘यहाँ चाहिँ मैले अन्त नभेटिने बेग्लै र नयाँ नयाँ नेपाली अनुहार देख्न पाएँ ।’ यसरी शुक्रबारको कार्यक्रमले सिड्नीमा नेपाली बसोबासको फेरिँदो तस्बिर पनि हेर्ने अवसर दिएको सुधिराको प्रतिक्रिया थियो ।

‘अमृतले गाएका र बोलेका प्रत्येक शब्दमा भीड उत्तेजित भएको देख्दा मलाइ आश्चर्य लागिरहेको थियो,’ कन्सर्ट हेरेपछि गैरआवाशिय नेपाली संघ ९एनआरएन०का अध्यक्ष नन्दु गुरुङ भनिरहेका थिए, ‘शरिरमा काँडा उम्रिरहेकै क्षण मलाइ अब नेपथ्य र अमृत दुवै अमर भए भन्ने लागिरह्यो ।’

 

ुदर्शक सहभागिता र कार्यक्रम प्रस्तुती दुवैको हिसाबले सिड्नीमा हालसम्म भएका नेपाली कार्यक्रमहरु मध्ये यो नै उत्कृष्ट रह्यो । ५ हजार बढि दर्शक २ घण्टासम्म एकैसाथ रमाएको र कार्यक्रमसँग जोडिएर बसेको देख्नु मेरोलागि अविस्मरणीय अनुभव रह्यो ।ु आयोजक टोलीका प्रदिप पाठकले भने ।

सिड्नीको कन्सर्ट सम्पन्न भएसँगै नेपथ्य अष्ट्रेलिया श्रृंखला अब मेलबर्नतर्फ लम्किएको छ । त्यहाँस्थित ‘फोरम हल’मा १३ फेब्रुअरी सोमबारका दिन ब्याण्डले आफूलाई प्रस्तुत गर्नेछ । त्यसपछि अष्ट्रेलियाकै पुछारतर्फको टापु तास्मानियाको होबार्टस्थित ‘ओडियन थिएटर’मा फेब्रुअरी १७ तारिख शुक्रबार अन्तिम प्रस्तुती दिएर ब्याण्ड स्वदेश फर्कने कार्यक्रम छ ।

तस्बिरहरु: सुधिरा शाह र श्री पराजुली र नेपालय