२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने लागुऔषधसहित ३१ जना पक्राउ अब नयाँको विकल्प फेरि पनि पुरानो हुन सक्दैन, नयाँको विकल्प नयाँ नै हुन्छः अध्यक्ष घिसिङ बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा निजी क्षेत्रका प्रतिनिधिहरू भन्छन् : बजेटले मनोबल बढाए पनि कार्यान्वयनमा आशंका छ सशस्त्रले नियन्त्रणमा लिएका गाडीबारे छानबिन गर्न संयुक्त समिति गठन पशुपति क्षेत्र विकास कोषको कदमप्रति तिलगंगावासीको विरोधः ‘हामी सुकुम्बासी होइनौँ, राज्यले अधिकार हनन गर्‍यो’
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोखरा लेकसाइडको आगलागी दुई घण्टापछि नियन्त्रणमा



अ+ अ-

कास्की । पर्यटकीय सहर पोखराको लेकसाइडस्थित हल्लनचोकमा रहेको लेकसाइड सेन्टरको भवनमा आज साँझ लागेको आगलागी दुई घण्टापछि नियन्त्रणमा आएको छ ।

हल्लनचोकस्थित सेलवेज डिपार्टमेन्टल स्टोर्सको भूइँतलामा रहेको गोदामबाट साँझ ४ः३५ बजे सुरु भएको आगलागी ६ः४५ बजे पूर्ण नियन्त्रणमा लिइएको वडा प्रहरी कार्यालय बैदामका निमित्त प्रमुख एवं प्रहरी निरीक्षक हरिप्रसाद पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार आगलागीबाट सेन्टरमा सञ्चालित आधा दर्जन व्यापारिक प्रतिष्ठानमा क्षति पुगेको छ । आगलागीका समयमा कर्मचारी तथा ग्राहक पसलमा भए पनि मानवीय क्षति भने भएको छैन । प्रहरी निरीक्षक पौडेलले भन्नुभयो, “आगलागी पूर्ण नियन्त्रणमा लिएका छौँ । अहिले राति भएकाले क्षतिको सबै विवरण सङ्कलनमा कठिनाइ भएकाले भोलि बिहानमात्र घटनास्थलको मुचुल्का गर्नेछौँ ।” विद्युत् सर्ट भएका कारण आगलागी भएको अनुमान गरिएको छ ।

आगलागी नियन्त्रणका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण पोखरा विमानस्थल र पोखरा महानगरको गरी चारवटा बारुणयन्त्र र निजी खानेपानी कम्पनीका ट्याङ्करसमेत परिचालन गरिएको थियो । लेकसाइडको मुख्य सडक क्षेत्रमा भएको आगलागीका कारण प्रहरीले सवारी आवागमन रोकर घटनास्थललाई नियन्त्रणमा लिएको थियो ।

आगलागीबाट सेलवेज डिपार्टमेन्टल स्टोर्सको गोदाम पूर्ण क्षति भएपनि हिमालयन जाभा क्याफे, नासा ट्रेकिङ इकुप्मेन्ट सप, प्याडल नेपाल, तिब्बतीयन कल्चर सप, मसला बिटलगायतका पसलमा आंशिक क्षति पुगेको प्रहरीले जनाएको छ । घटनापछि ठूलो सङ्ख्यामा सर्वसाधारण घटनास्थलमा जम्मा हुँदा प्रहरीलाई भीड नियन्त्रण गर्न हम्मेहम्मे परेको थियो । रासस