३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन

हिउँ कुर्दै पर्यटन व्यवसायी

हिउँ कुर्दै पर्यटन व्यवसायी
अ+ अ-

कास्की । यहाँको उच्च पहाडी र हिमाली क्षेत्र हिउँ खेल्नेका लागि प्रख्यात छ । यो समयमा यस क्षेत्रका डाँडा र गाउँमा हिउँ खेल्ने पर्यटकको ओइरो देखिन्थ्यो । तर, यो वर्ष अहिलेसम्म हिउँ नपर्दा यहाँका डाँडातिर पर्यटक उक्लिएका छैनन् । हिउँ नपरेका कारण पर्यटकको कमी भएपछि यहाँका पर्यटन व्यवसायी चिन्तित छन् ।

मादी गाउँपालिका–२ क्रपुडाँडामा गएको वर्ष दैनिक २०/२५ जना पर्यटक हिउँ खेल्न पुग्थे । अहिले मुस्किलले तीन/चार जनामात्र पुग्ने गरेका छन् । पर्यटकीय गाउँ ताङतिङको शिरान क्रपुडाँडा हिउँ खेल्नेका लागि सबैभन्दा नजिकको गन्तव्य हो । अहिलेसम्म हिउँ नपर्दा पर्यटकको उपस्थिति कम भएको क्रपुडाँडाका पर्यटन व्यवसायी हिमाल गुरुङले जानकारी दिनुभयो । यहाँ चार वटा होटल छन् ।

“अघिल्लो वर्ष यही समयमा यहाँका होटलले थेग्नै नसक्ने गरी पाहुना आएकामा यो वर्ष दैनिक तीन÷चार जना मात्र आएका छन्, यो सङ्ख्या निकै कम हो”, गुरुङले भन्नुभयो । उहाँका अनुसार यो वर्ष पर्यटक कुरेर बस्नुपर्ने अवस्था छ । “क्रपुमा पर्यटकको चहलपहल बढी हुने नै हिउँ पर्ने समयमा हो”, पर्यटन व्यवसायी गुरुङले भन्नुभयो, “अघिल्लो वर्ष दसैँतिहारपश्चात् ग्रुप आउन सुरु हुन्थ्यो तर यो मुस्किलले तीन÷चार जना आउने गरेका छन् ।”

पर्यटकीय गाउँ सिक्लेसमा पनि हिउँ नपर्दा पर्यटक नपुगेको स्थानीय बेल गुरुङले बताउनुभयो । “हिउँ नपरेपछि पर्यटक सङ्ख्या घटेको छ । दैनिक दैनिक एक सयभन्दा बढी पर्यटक आउने गरेकमा अहिले दैनिक २०÷२५ जना पाहुना आउने गरेका छन्”, उहाँले भन्नुभयो । सिक्लेससँगै हुगुगोठ, कपुचे, कोरीलगायत हिउँ पर्ने स्थानमा पनि पर्यटक घटेकाले व्यवसायी चिन्तित भएका छन् ।

पानी र हिउँ नपरेपछि सिक्लेसमा खेतीपातीमा समस्या भएको गुरुङले बताउनुभयो । “पानी त बुधबार अलिअलि प¥यो तर हिउँ पर्न सकेन् । जसले गर्दा पर्यटन व्यवसाय धरापमा परेको छ । खेती गर्न पनि समस्या छ”, गुरुङले भन्नुभयो । उहाँका अनुसार पानी र हिउँ नपर्दा आलु, गहुँ, जौ, आलु, तोरी, हरियो मटरकोशा, टमाटर, सागलगायत बाली सप्रिन पाएका छैनन ।

जिल्लाको मर्दी हिमाल पदयात्रामा पर्यटकको चहलपहल घटेपछि यस क्षेत्रका पर्यटन व्यवसायी चिन्तित छन् । हिउँ खेल्न जाने पर्यटक पदयात्रामा नआएका लो क्पाम्प गेस्ट हाउस एन्ड रेस्टुरेन्टका सञ्चालक अमृत तामाङले बताउनुभयो । “पयर्टकका लागि यो अफ सिजन हो, अघिल्ला वर्षमा हिउँ खेल्न जाने पर्यटकले व्यवसाय धानेको थियो”, तामाङले भन्नुभयो, “यो पटक पानी नपरेपछि हिउँ पनि परेन, पर्यटक पनि आएका छैनन् । व्यवसाय धान्न गाह्रो छ ।” उहाँका अनुसार हिउँ पर्ने समयमा मर्दी हिमाल पदयात्रामा हिउँ खेल्नकै लागि दुई सयभन्दा बढी पर्यटक पुग्ने गर्थे । तर, यो सिजनमा मुस्किलले ४०÷५० जना पर्यटन जाने गरेका छन् ।

यहाँको अर्को पर्यटकीय स्थल घान्द्रुक गाउँमा पनि हिउँ नपर्दा पर्यटकको सङ्ख्यामा कमी आएको छ । घान्द्रुक पर्यटन व्यवसायी समितिका अध्यक्ष विक्रम गुरुङका अनुसार पर्यटकका लागि अफ सिजन भएकाले पर्यटक कम गएको हुन् । “अलि बढी चिसो भए घान्द्रुकमै हिउँ पर्छ तर माथिल्लो भेग देउराली, टाढापानीमा हिउँ परेपछि त्यहाँ जाने धेरै हुन्थे”, अध्यक्ष गुरुङले भन्नुभयो, “यो पटक के भएको हो खै रु हिउँ पनि परेन, पर्यटक पनि त्यति छैनन् ।”

कास्कीको कोरी, कपुचे, हुगुगोठ, सिक्लेस, क्रपुडाँडा, ताङतिङ, घान्द्रुकसँगै हिमालको आधार शिविर जाने पदमार्गअन्तर्गत गाउँ तथा डाँडामा भारी हिउँ पर्छ । तर, यो वर्ष पानी नपरेपछि यी स्थानमा हिउँ पर्न सकेको छैन । पानी र हिउँ नपर्नुको मुख्य कारण जलवायु परिवर्तन भएको वन प्राविधिक समाज कास्कीका अध्यक्ष केदार पौडेलले बताउनुभयो । “संसारभर तापक्रम वृद्धि हुँदै गएको छ । ३० वर्ष पहिलाभन्दा एक डिग्री सेल्सियसमा तापक्रम बढेको छ”, अध्यक्ष पौडेलले भन्नुभयो, “यसले गर्दा पानी प¥यो भने पनि एक दर्को मज्जाले पर्ने अनि पर्दैन । सुक्खा खडेरी पर्ने तथा हिम नदी सुक्ने अवस्था आएको छ ।”

लामो समय वन तथा वातावरणका क्षेत्रमा काम गर्नुभएका पौडेलले यस्तै भइरहे अबको एक सय वर्षमा अहिले भइरहेका हिमनदी करिब आधा सुक्ने बताउनुभयो । कार्बनडाइअक्साइडको मात्रा बढेकाले यस्तो अवस्था भएकाले सरोकारवाला निकाय सजग हुनुपर्ने उहाँको भनाइ थियो । रासस