२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा एसले केही गर्न सक्दैन भन्नेहरुको लागि सुदूरपश्चिम जवाफ– माधव नेपाल



अ+ अ-

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सुदूरपश्चिमबाट एमालेलाई दिएको धक्का पहिलो शुरुआत रहेको बताएका छन् ।

शनिबार काठमाडौंमा जनसांस्कृतिक महासंघले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले नेकपा एसले केही गर्न सक्दैन भन्नेहरुको लागि सुदूरपश्चिम जवाफ रहेको बताएका छन् ।

अध्यक्ष नेपालले सुदूरपश्चिमको सरकारमा अहिले कांग्रेस र नेकपा एसमात्र रहेको बताउँदै एमालेलाई अन्यत्र सत्ताबाट हटाइने दावी गरेका छन् । ‘सुदूरपश्चिमबाट एमालेलाई ठूलो धक्का परेको छ । यो पहिलो शुरुआत हो । हौसला बुलन्द गर्नुस् ।’ ,नेपालले भने– ‘यो पार्टीले केही गर्न सक्दैन भन्दै हाम्रो पार्टीलाई भन्नेहरुलाई जवाफ हो ।’

अध्यक्ष नेपालले निर्वाचनको परिणाम सोचेजति नआए पनि ५० प्रतिशत उम्मेदवार जिताउन सकिएको दावी गरे । गठबन्धन यथास्थितिमा नभएर सुदूरपश्चिम सरकार ढलेको उनले बताए । ‘राजनीतिक यथास्थितिमा छैन । सुदूरपश्चिमको सरकार ढल्यो । नयाँ सरकार बन्यो ।’, नेपालले भने ।