२९ भाद्र २०८३, सोमबार
,
Latest
पोखरामा खुला प्रौढ महिला तथा पुरुष भलिबल प्रतियोगिता बेहुली, पेन्सन पट्टा, गौँथली चलचित्र दर्शकको रोजाइमा प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग देशमा नेकपा (एमाले)को योगदान, भूमिका र कमजोरी : एक समग्र समीक्षा ‘एआई’को प्रयोग गरी कर्मकाण्ड विधिको विकास गरे नेपाली सन्तले एआईबाट राष्ट्रिय सुरक्षामा जोखिम : चिनियाँ गुप्तचर सुरक्षामन्त्री रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैनः प्रधानमन्त्री शाह बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
तपाईं के खोज्दै हुनुहुन्छ ?

ठाडो भाकामा ‘दरमखोला’ – भिडियोसहित



अ+ अ-

काठमाडौँ । मौलिक ठाडो भाकामा आधारित लोकगीत ‘दरमखोला’ शुक्रबार सार्वजनिक भएको छ । गायक वसन्त थापा र गायिका देवी घर्तीमगरको स्वर रहेको उक्त गीत ‘वसन्त थापा’ युट्युब च्यानमार्फत डिजिटल बजारमा आएको हो ।

सार्वजनिक भएको केही घण्टामै गीतको ‘म्युजिक भिडियो’ले युट्युबमा ४० हजार बढी ‘भ्यूज’ पाएको छ । गीतको शब्द सर्जक प्रह्लाद सुवेदीले लेखेका हुन् । सङ्गीत रचना गायक थापा आफैँले गरेका हुन् ।

ठेट शब्द, मनछुने भाका र स्वरका कारण गीतले दर्शक/श्रोताबाट राम्रो प्रतिक्रिया पाइरहेको छ । ‘म्युजिक भिडियो’मा प्रयुक्त नाच र अभिनयले पनि गीतमा मौलिकता थपेको छ । ठाडो भाका गण्डक क्षेत्रमा प्रचलित मौलिक लोकभाका हो ।

पहिलेपहिले मेलापात र रोधीघरमा ठाडो भाका गुञ्जने गथ्र्यो । पछिल्लो समय ठाडो भाकाको मौलिकता हराउँदै जान थालेको छ । सङ्गीतमा आधुनिकताको प्रभावले पुराना लोकभाका सङ्कटमा परेका छन् । रासस