८ भाद्र २०८३, सोमबार
,
Latest
बलात्कारपछि हत्याका घटना रोक्न कानून संशोधन गर्न राप्रपा नेता शाहीको माग बाफियामा संशोधन गरी बैंकिङ क्षेत्रका समस्या सम्बोधन गर्न सांसद अधिकारीको माग सरकारको प्रभाव र जनविश्वास घट्दै गएको अमरेश सिंहको दाबी गरिमा चौधरी हत्या प्रकरण : बयानको भिडियो सार्वजनिक गरेको आरोपमा प्रहरी पक्राउ जेब्रा क्रसिङमै नागरिक असुरक्षित, दुर्घटनाका दोषीलाई कारबाही गर्न महरको माग बडीमालिका क्षेत्रमा पुग्यो टेलिफोन र इन्टरनेट सेवा, सञ्चारमन्त्री डा. तिमिल्सिनाद्वारा भर्चुअल उद्घाटन जनकपुरमा सार्वजनिक जमिन अतिक्रमण हटाउँदा समान व्यवहार गर्न सांसद झाको माग पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव प्रधान सेनापतिद्वारा दर्ज्यानी चिह्न प्रदान परराष्ट्रमन्त्री खनाल सर्बिया जाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

के कारणले जेलजीवन बिताउन बाध्य भएका थिए सञ्जय दत्त ?



अ+ अ-

एजेन्सी । बलिउडका सुपरस्टार सञ्जय दत्तको फ्यानहरुलाई अवश्य थाहा छ कि सञ्जय दत्तले लामो समयसम्म जेल जीवन बिताउनु परेको थियो ।

सन् १९९३ को ‘मुम्बई बम ब्लास्ट’मा सञ्जय दत्तको नाम पनि सामेल भएको थियो । सञ्जयले अनुमतिबिना बन्दुक र अन्य हतियारहरु आफ्नो साथमा राखेका थिए ।

जसकारण उनलाई जेल सजाय हुन पुग्यो । सञ्जयले आफ्नो बचाउमा भनेका थिए कि आफूसँग मात्र १ बन्दुक रहेको र उनले अदालतसँग आग्रह पनि गरेका थिए, आफूविरुद्ध लागेको आरोपलाई हटाइयोस् । १९९३ मा सञ्जय दत्तलाई आतंककारी अपराधमा दोषी पाइयो, जसकारण उनलाई जेलबाट बाहिर निस्कन एकदमै अप्ठेरो थियो ।

प्रहरीले अनुसन्धानको क्रममा अन्य थुप्रै मानिसहरुलाई पक्राउ गरे जसको बयानबाट सञ्जय दत्तलाई फाइदा पुग्यो । सञ्जय १८ महिनासम्म जेलमा रहे । त्यसपछि उनलाई सफाई दिइयो । सञ्जयले आफ्नो अपराध हटाउन अदालतमा अपिल गरे ।

उक्त मुद्दा पनि सन् २००७ मा आएर समापन भयो । सञ्जय दत्तलाई आतंककारी अपराध त हटाइयो तर ‘इलिगल पोजिसन अफ आर्म एक्ट’मा आधारित भएर उनलाई २०१३ मा उनलाई पुनः ५ वर्षका लागि जेल चलान गरियो । सञ्जयले १९९३ मा १८ महिनाको जेल सजाय काटिसकेका थिए, जसकारण उनलाई २०१३ मा साढे तीन वर्ष जेल जानुपर्यो ।

सञ्जय विभिन्न कारणले जेल बाहिर निस्किने गर्दथे । जसअनुसार उनले जेल जीवनमा १३२ दिन जेलबाहिर र ८३२ दिन जेलमा बिताए । राम्रो व्यवहार र आचरणका कारण उनलाई सजाय पूरा गर्नुभन्दा पहिले नै रिहा गरियो ।




भर्खरै