२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन काठमाडौं रेड्सलाई सफलता भक्तपुर पर्यटनको ३२ वर्षः ५२ लाखभन्दा बढी पर्यटकले घुमे नगर वीरेखोला बाढी : २३ परिवार विस्थापित, धानखेत बगरमा परिणत सिमकोटमा विद्युत् आपूर्ति बन्द निजी क्षेत्रको लगानीमार्फत सुदूरपश्चिमलाई समृद्ध बनाउनुपर्छ : मुख्यमन्त्री भट्ट उद्धारमा खटिएका नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीलाई सलाम !
तपाईं के खोज्दै हुनुहुन्छ ?

अरु पार्टीलाई कुचो बोक्न सिकायौँः नेता पाण्डे



अ+ अ-

काठमाडौँ । विवेकशील साझा पार्टीका नेता मिलन पाण्डेले काँग्रेस, एमाले, माओवादी, राप्रपा बाहेक पनि वैकल्पिक शक्ति बन्नसक्छ भन्ने भाष्य आफ्नो पार्टीले स्थापित गरेको बताउनुभएको छ ।

शुक्रवार पार्टीको पहिलो महाधिवेशनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले परिणामस्वरुप आज मुख्य मानिएका दलहरु बाहेकको विकल्प हुनसक्छ भन्नेकुरा स्थापित भएको दाबी गर्नुभयो । उहाँले आफ्नो पार्टीले लोकतन्त्र विकल्परहीत छैन र होइन भन्ने भाष्य प्रमाणित गरेर देखाएको बताउनु भयो । उहाँले आफ्नो पार्टीले आन्दोलन टायर बालेर नेपाल बन्द गरेर मात्रै हुने भाष्यलाई चिर्दै फूल रोपेर, अनसन बसेर र नेपाल खुला राखेर पनि आन्दोलन हुन्छ भन्ने भाष्य निर्माण गरेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘काँग्रेस, एमाले, माओवादी, राप्रपा बाहेक पनि वैकल्पिक शक्ति बन्नसक्छ भन्ने २०६९ सालताका थियो । त्यो मानसिकतालाई हामीले चिरेका छौँ । यी दलहरु भन्दा पनि बाहिर कुनै विकल्प हुनसक्छ भन्ने भाष्य थियो, त्यसलाई हामीले चिरेका छौँ । आज काँग्रेस, एमाले, माओवादी, राप्रपाको विकल्प हुनसक्छ, सके दल हुन्छ, नभए स्वतन्त्र पनि हुन्छ, लोकतन्त्र विकल्परहीत छैन, होइन भन्ने भाष्य हामीले निर्माण गरेका छौँ ।

आन्दोलन के हो, कसरी गर्ने, टायर बाल्ने, ढुंगा हान्ने मात्रै होइन, आन्दोलन फूल रोपेर पनि हुनसक्छ । अनसन बसेर पनि हुनसक्छ, नेपाल बन्द गरेर मात्रै होइन, नेपाल खोलेर पनि राजनीति गर्न सकिन्छ, आन्दोलन गर्न सकिन्छ भन्ने भाष्य स्थापित गरेका छौँ । हामीले कार्यक्रमपछि कुचो बोकेर सफा गर्न हिँडेका थियौँ, अन्य पार्टीहरुलाई पनि त्यो सिकायौँ । यो हाम्रो उपलब्धि हो ।’

नेता पाण्डेले आफ्नो पार्टीले शुरु गरेको सरसफाइ अभियानपछि अन्य पार्टीहरुसमेत कुचो बोकेर हिँड्न बाध्य भएको बताउनु भयो ।