• ३१ बैशाख २०८१, सोमबार
  •      Mon May 13 2024
  •   Unicode
Logo
Latest
★   सङ्खुवासभामा पेस्तोलसहित एकजना पक्राउ ★   नारायणी नदी व्यवस्थापनका लागि नवलपुर क्षेत्रमा तटबन्ध ★   आजको आईपीएल: प्लेअफको सम्भावना कायम गर्न गुजरातले कोलकातालाई जित्नैपर्ने ★   वर्षाका कारण मुग्लिन–पोखरा सडक आवागमनमा सास्ती ★   कोशीका मुख्यमन्त्री कार्कीले मागे विश्वासको मत, कांग्रेस अनुपस्थित ★   मुक्तकमैयाका लागि स्वरोजगारको आधार बन्यो ‘ब्याण्डबाजा’ ★   स्थानीय तहले नागरिकमैत्री काम गरेमात्र सङ्घीयताको औचित्य स्थापित हुन्छ : प्रधानमन्त्री ★   दुर्गा मन्दिर: परियारले बनाए, गैरदलितले सघाए ★   तीन फरक घटनामा ५ जना पक्राउ ★   पाहा मार्न गएका युवा खोलामा बेपत्ता

धन्यवाद प्रस्ताव प्रस्ताव पारित



काठमाडौँ । राष्ट्रियसभाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट सङ्घीय ससद्को दुवै सदनको संयुक्त बैठकलाई आज गर्नुभएको सम्वोधनका लागि धन्यवाद ज्ञापन गरेको छ ।

अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले निर्णयार्थ प्रस्तुत गर्नुभएको उक्त प्रस्ताव सभाले सर्वसम्मतिले पारित गरेको हो । यसअघि बैठकमा सदस्य गङ्गाकुमारी बेल्वासेले धन्यवादको प्रस्ताव प्र्रस्तुत गर्नुभएकोमा सदस्य भैरवसुन्दर श्रेष्ठले समर्थन जनाउनुभयो । सभामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिबाट सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई गर्नुभएको सम्वोधनको प्रति टेबुल गर्नुभएको थियो ।

बैठकमा यसअघि अध्यक्ष तिमिल्सिनाले राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्रीपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी व्यहोराको पत्र वाचन गरेर सुनाउनुभयो । राष्ट्रियसभाको अर्को बैैठक आगामी फागुन २ गते दिनको एक बजे बस्नेछ । रासस