• १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
  •   Unicode
Logo
Latest
★   हिमचितुवा घिमिरेले राखे नयाँ कीर्तिमान ★   लिभरपुललाई प्रिमियर लिग उपाधि होडमा फेरि धक्का, वेस्टहामसँग अंक बाँड्यो ★   बझाङ उपनिर्वाचनमा ४९.१२ प्रतिशत मतदान ★   दिल्लीले मुम्बईलाई २५८ रनको लक्ष्य दियो ★   इलाम–२ मा शान्तिपूर्ण रूपमा मतदान सकियो, ५७ प्रतिशत मत खस्यो ★   आम जनता पार्टी र समाजवादी जनएकता पार्टी नेपालबीच एकता ★   पुँजी बजारमा स्वदेशी लगानीकर्ताको सुरक्षाको माग गर्दै काठमाडौंमा सरकारबिरुद्ध प्रदर्शन ★   घाइते अवस्थामा बाघ देखापरेपछि वन प्रवेश निषेध ★   संसद्लाई कमजोर नबनाउन कांग्रेसको आग्रह ★   लगानी सम्मेलन: एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित

घुस खुवाएर काम गर्नुपर्ने व्यवस्थाको अन्त्य गर्छुः पर्यटनमन्त्री किराँती



काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले त्रिभुवन विमानस्थलको जस्तै अन्य घुस प्रकरणहरू सार्वजनिक हुँदै जाने बताउनुभएको छ ।

शुक्रवार काठमाडौंमा नेपाल पर्यटन बोर्डले आयोजना गरेको स्वागत कार्यक्रममा मन्त्री किराँतीले यस्तो बताउनुभएको हो । उहाँले मन्त्रीलाई पैसा बुझाउनुपर्ने भन्दै विदेशी वायुसेवा कम्पनीसँग घुस मागेकाले त्रिभुवन विमानस्थलका महाप्रवन्धक प्रेमनाथ ठाकुरलाई कारबाही गरिएको बताउनु भयो ।

मन्त्री किराँतीले महाप्रवन्धक थाकुरले थाई स्माइल एयरलाइन्ससँग मन्त्रीलाई बुझाउनुपर्ने भन्दै करोडौं घुस लिने गरेकाले निलम्वन गरेको बताउनु भयो । उहाँले अहिलेसम्मका कुन–कुन मन्त्रीले पैसा लिने गरेको हो भन्नेकुरा स्पष्ट पार्नुपर्ने बताउनु भयो । उहाँले आफूले कसैको पनि एकपैसा नखाने भन्दै कसैले त्यस्तो गरेको थाहा पाए तत्काल कारबाही गर्ने चेतावनी दिनुभयो ।

उहाँले मन्त्री वा जिम्मेवार निकायको कुर्सीमा बसेर देशलाई धोका दिन नहुने बताउनु भयो । मन्त्री किराँतीले कोही घुस खानको लागि मन्त्री हुन आए उसलाई जनताले सजाय दिने बताउनु भयो । उहाँले आफूलाई पैसा नचाहिएको भन्दै कर्मचारीबाट पारदर्शी काम चाहिएको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘ सुविधामा होडबाजी गर्ने काममा राजनीतिक हस्तक्षेप भएर मात्रै नभएको हो त होइन । यो मन्त्रीले पैसा खाँदैन । मन्त्रीलाई पैसा मन पर्दैन । ढुक्कसँग काम गनुस् । सरकारले अप्रिय निर्णय आज मात्रै गरेर आउनु प¥यो । विमानस्थलको निर्देशकलाई भर्खरै निलम्वन गरेर आए । मन्त्रीलाई पैसा दिनुपर्ने भन्दै असुल्ने रहेछ ।

त्यही पनि थाइल एयरलाइन्सलाई करोडौं रुपैयाँ अब अरु पनि आउँछ, खुल्दै जान्छ । मन्त्रीलाई पैसा बुझाउनु पर्ने,कहिले कहिले बुझाइयो । को–को लाई बुझाइयो । त्यो स्पष्ट हुनुपर्छ । पैसा खानको निम्ति मन्त्री आएको हो भने जनताले सजाय गर्नुपर्छ । कुर्सीमा बसेर देशलाई धोका दिन पाइँदैन । कृपया कसैको पैसा चाहिँदैन । तपाईहरुले आफ्नो क्षमता योग्यता प्रदर्शन गर्नुस् । सञ्चालक समितिका साथीहरु नीतिमा काम गर्नुस् । कर्मचारी जस्तो नहुनुस् । तपाईहरुलाई नीति बनाउन पठाएको हो । कि तपाईहरुको पनि पार्टी मिलेन पार्टी फुट्यो । सञ्चालक समितिमा त्यस्तो होइन होला । यहाँ पनि विदेशी चलखेल के हुन्छ त्यहाँ भन्नुस् त ? कर्मचारीले पनि आफ्नो काम गर्नुप¥यो । आर्थिक अनुशासन हुनुपर्छ ।’

उहाँले पर्यटन क्षेत्रमा काम गर्दा १० ठाउँमा गएर १० वटा संरचनामा घुस खुवाएर काम गर्नुपर्ने व्यवस्थाको अन्त्य गर्ने बताउनु भयो । उहाँले सुशासन विधिको शासन भन्दा बाहिर कोही चल्न नसक्ने बताउनु भयो । उहाँले पर्यटन उद्योगलाई धान्ने निजी क्षेत्र भएकाले पर्यटन बोर्डका नीतिले निजी क्षेत्रलाई सहजता दिनुपर्ने उल्लेख गर्नुभयो । उहाँले पर्यटन बोर्डको नीतिले निजी क्षेत्रलाई असहजता भइरहेको बताउनु भयो । उहाँले प्रधानमन्त्रीले संसदमा गरेको सम्बोधन र सचिवहरुलाई दिएको निर्देशनको एकीकृत कार्ययोजना पर्यटन मन्त्रालयले तयार पारेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘ पर्यटन व्यवसायीहरु समस्यामा छन् । पर्यटन व्यवसायीहरु ऋणको पासोमा छन् । उनीहरुको पीडा राज्यले नसुनिदिएको र राज्यले केही नगरेको जस्तो अन्यालता कसरी हुँदैछ । अहिले सानो दियो क्षितिजमा बलेको छ । पर्यटन मन्त्रालयले एकीकृत कार्ययोजना प्रधानमन्त्रीलाई बुझाएको छ ।’

‘प्रधानमन्त्रीले संसदमा गरेको सम्बोधन र सचिवहरुलाई दिएको निर्देशनको एकीकृत कार्ययोजना बन्दैछ । १० ठाउँमा गएर १० वटा संरचनामा घुस खुवाएर काम गर्नुपर्ने व्यवस्थाको अन्त्य गर्छौं । सुशासन विधिको शासन भन्दा बाहिर हामी चल्न सक्दैनौं । चल्ने छुट पनि हामीलाई छैन । पर्यटन उद्योगलाई धान्ने निजी क्षेत्र नै हो । पर्यटन बोर्डका नीतिले निजी क्षेत्रलाई कतिको सहज र असहज मलाई लाग्छ सहज मान्नुभएको छैन ।’

मन्त्री किराँतीले २० लाख पर्यटक भित्र्याउनेगरी कार्ययोजना ल्याउन पर्यटन बोर्डलाई निर्देशन दिनुभयो । उहाँले पर्यटन प्रवद्र्धनका लागि चलाइएको अभियानअन्तर्गत कति पर्यटक भित्रियो भन्ने यकिन तथ्याङ्क बोर्डले दिनुपर्ने उल्लेख गर्नुभयो । मन्त्री किराँतीले कर्मचारीलाई हेरफेर गरेर आतंकित मच्चाउने पक्षमा नभएको भन्दै कर्मचारको कार्ययोजना अनुसार काम आवश्यक रहेको बताउनु भयो ।