१५ भाद्र २०८३, सोमबार
,
Latest
रसुवा बाढीमा परी निधन भएकाको पशुपति आर्यघाटमा निःशुल्क दाहसंस्कार गरिने रसुवागढी जलविद्युत् केन्द्रका प्रमुखसहित ९३ जना बेपत्ता भोटेकोशी बाढी संकटबारे प्रधानमन्त्री शाहले सुरक्षा निकायका प्रमुखसँग ब्रिफिङ लिँदै ‘भोटेकोशी बाढीबारे समयमै पूर्वसूचना दिन पाएको भए अझ धेरैको ज्यान जोगाउन सकिन्थ्यो’: बाढीविद् पराजुली रसुवा बाढीबारे छलफल गर्न कांग्रेस संसदीय दलको बैठक विदुर–चोगटे–सरमथली–जिरोकिलो हुँदै रसुवा जोड्ने सडक स्तरोन्नति रसुवा बाढी प्रकरणः ‘मेरो श्रीमान कहाँ हुनुहुन्छ ?’ सेनाद्वारा सात सयभन्दा बढी तीर्थयात्रीलाई स्वास्थ्य सेवा उपलब्ध तनहुँ सेवा समाज यूएईद्वारा दुई लाख सहयोग झण्डै दुई महिनापछि मेची राजमार्गमा यातायात सेवा सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

घुस खुवाएर काम गर्नुपर्ने व्यवस्थाको अन्त्य गर्छुः पर्यटनमन्त्री किराँती



अ+ अ-

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले त्रिभुवन विमानस्थलको जस्तै अन्य घुस प्रकरणहरू सार्वजनिक हुँदै जाने बताउनुभएको छ ।

शुक्रवार काठमाडौंमा नेपाल पर्यटन बोर्डले आयोजना गरेको स्वागत कार्यक्रममा मन्त्री किराँतीले यस्तो बताउनुभएको हो । उहाँले मन्त्रीलाई पैसा बुझाउनुपर्ने भन्दै विदेशी वायुसेवा कम्पनीसँग घुस मागेकाले त्रिभुवन विमानस्थलका महाप्रवन्धक प्रेमनाथ ठाकुरलाई कारबाही गरिएको बताउनु भयो ।

मन्त्री किराँतीले महाप्रवन्धक थाकुरले थाई स्माइल एयरलाइन्ससँग मन्त्रीलाई बुझाउनुपर्ने भन्दै करोडौं घुस लिने गरेकाले निलम्वन गरेको बताउनु भयो । उहाँले अहिलेसम्मका कुन–कुन मन्त्रीले पैसा लिने गरेको हो भन्नेकुरा स्पष्ट पार्नुपर्ने बताउनु भयो । उहाँले आफूले कसैको पनि एकपैसा नखाने भन्दै कसैले त्यस्तो गरेको थाहा पाए तत्काल कारबाही गर्ने चेतावनी दिनुभयो ।

उहाँले मन्त्री वा जिम्मेवार निकायको कुर्सीमा बसेर देशलाई धोका दिन नहुने बताउनु भयो । मन्त्री किराँतीले कोही घुस खानको लागि मन्त्री हुन आए उसलाई जनताले सजाय दिने बताउनु भयो । उहाँले आफूलाई पैसा नचाहिएको भन्दै कर्मचारीबाट पारदर्शी काम चाहिएको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘ सुविधामा होडबाजी गर्ने काममा राजनीतिक हस्तक्षेप भएर मात्रै नभएको हो त होइन । यो मन्त्रीले पैसा खाँदैन । मन्त्रीलाई पैसा मन पर्दैन । ढुक्कसँग काम गनुस् । सरकारले अप्रिय निर्णय आज मात्रै गरेर आउनु प¥यो । विमानस्थलको निर्देशकलाई भर्खरै निलम्वन गरेर आए । मन्त्रीलाई पैसा दिनुपर्ने भन्दै असुल्ने रहेछ ।

त्यही पनि थाइल एयरलाइन्सलाई करोडौं रुपैयाँ अब अरु पनि आउँछ, खुल्दै जान्छ । मन्त्रीलाई पैसा बुझाउनु पर्ने,कहिले कहिले बुझाइयो । को–को लाई बुझाइयो । त्यो स्पष्ट हुनुपर्छ । पैसा खानको निम्ति मन्त्री आएको हो भने जनताले सजाय गर्नुपर्छ । कुर्सीमा बसेर देशलाई धोका दिन पाइँदैन । कृपया कसैको पैसा चाहिँदैन । तपाईहरुले आफ्नो क्षमता योग्यता प्रदर्शन गर्नुस् । सञ्चालक समितिका साथीहरु नीतिमा काम गर्नुस् । कर्मचारी जस्तो नहुनुस् । तपाईहरुलाई नीति बनाउन पठाएको हो । कि तपाईहरुको पनि पार्टी मिलेन पार्टी फुट्यो । सञ्चालक समितिमा त्यस्तो होइन होला । यहाँ पनि विदेशी चलखेल के हुन्छ त्यहाँ भन्नुस् त ? कर्मचारीले पनि आफ्नो काम गर्नुप¥यो । आर्थिक अनुशासन हुनुपर्छ ।’

उहाँले पर्यटन क्षेत्रमा काम गर्दा १० ठाउँमा गएर १० वटा संरचनामा घुस खुवाएर काम गर्नुपर्ने व्यवस्थाको अन्त्य गर्ने बताउनु भयो । उहाँले सुशासन विधिको शासन भन्दा बाहिर कोही चल्न नसक्ने बताउनु भयो । उहाँले पर्यटन उद्योगलाई धान्ने निजी क्षेत्र भएकाले पर्यटन बोर्डका नीतिले निजी क्षेत्रलाई सहजता दिनुपर्ने उल्लेख गर्नुभयो । उहाँले पर्यटन बोर्डको नीतिले निजी क्षेत्रलाई असहजता भइरहेको बताउनु भयो । उहाँले प्रधानमन्त्रीले संसदमा गरेको सम्बोधन र सचिवहरुलाई दिएको निर्देशनको एकीकृत कार्ययोजना पर्यटन मन्त्रालयले तयार पारेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘ पर्यटन व्यवसायीहरु समस्यामा छन् । पर्यटन व्यवसायीहरु ऋणको पासोमा छन् । उनीहरुको पीडा राज्यले नसुनिदिएको र राज्यले केही नगरेको जस्तो अन्यालता कसरी हुँदैछ । अहिले सानो दियो क्षितिजमा बलेको छ । पर्यटन मन्त्रालयले एकीकृत कार्ययोजना प्रधानमन्त्रीलाई बुझाएको छ ।’

‘प्रधानमन्त्रीले संसदमा गरेको सम्बोधन र सचिवहरुलाई दिएको निर्देशनको एकीकृत कार्ययोजना बन्दैछ । १० ठाउँमा गएर १० वटा संरचनामा घुस खुवाएर काम गर्नुपर्ने व्यवस्थाको अन्त्य गर्छौं । सुशासन विधिको शासन भन्दा बाहिर हामी चल्न सक्दैनौं । चल्ने छुट पनि हामीलाई छैन । पर्यटन उद्योगलाई धान्ने निजी क्षेत्र नै हो । पर्यटन बोर्डका नीतिले निजी क्षेत्रलाई कतिको सहज र असहज मलाई लाग्छ सहज मान्नुभएको छैन ।’

मन्त्री किराँतीले २० लाख पर्यटक भित्र्याउनेगरी कार्ययोजना ल्याउन पर्यटन बोर्डलाई निर्देशन दिनुभयो । उहाँले पर्यटन प्रवद्र्धनका लागि चलाइएको अभियानअन्तर्गत कति पर्यटक भित्रियो भन्ने यकिन तथ्याङ्क बोर्डले दिनुपर्ने उल्लेख गर्नुभयो । मन्त्री किराँतीले कर्मचारीलाई हेरफेर गरेर आतंकित मच्चाउने पक्षमा नभएको भन्दै कर्मचारको कार्ययोजना अनुसार काम आवश्यक रहेको बताउनु भयो ।