१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar विश्व शेर्पा सम्मेलनको तयारी पूरा, २५ देशबाट प्रतिनिधि सहभागी हुने News Polar टर्की र युक्रेनबीचको स्वतन्त्र व्यापार सम्झौता कार्यान्वयनमाः द्विपक्षीय व्यापारमा नयाँ आयाम News Polar बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह News Polar हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी News Polar गौघाट ग्रीन रनको उपाधि बिशाल र आयुष्मालाई , योगिनीलाई लार्जेस्ट तथा शुक्रलाई फास्टेस्ट अवार्ड News Polar जलवायु न्यायको माग गर्दै सडकमा पीडितः ‘हाम्रो रगत र आँशुको मूल्य खोज्दैछौँ’(तस्बिरसहित) News Polar सिँचाइ विभागले ल्यायो वैदेशिक रोजगारीबाट फर्केका युवा लक्ष्यित कार्यक्रम News Polar रास्वपा केन्द्रीय समिति बैठक आज News Polar सहसचिव जितेन्द्र बस्नेतको आक्रोशः निजामती सेवा विधेयक भर्त्सनायोग्य छ News Polar मेकाडेमिया नट खेतीमा किसानको आकर्षण News Polar अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान News Polar एलिना चौहानले भनिन्– ‘मेरो विगतलाई मेरो वर्तमानको परिचय नबनाइदिनुस्’ News Polar नवलपरासीमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते News Polar बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति News Polar निःशुल्क आँखा शिविरबाट १८७ जना लाभान्वित News Polar फुर्केखोलाको वैकल्पिक सडक पाँच घण्टा बन्द हुने News Polar धानबालीमा रोग–कीराको समस्या : किसान चिन्तित News Polar अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान News Polar काठ आयात प्रतिस्थापन गर्ने सरकारको कार्य योजना

तनहुँ जलविद्युत् आयोजनाबाट सुख्खायाममा पनि विद्युत् आपूर्ति सहज हुने

तनहुँ जलविद्युत् आयोजनाबाट सुख्खायाममा पनि विद्युत् आपूर्ति सहज हुने
अ अ+ अ-

तनहुँ । ऋषिङ गाउँपालिका–१ स्थित झापुरटारमा निर्माणधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाले सुख्खायाममा पनि विद्युत् आपूर्ति सहज गराउने भएको छ । 

सुख्खायाममा देशको विद्यमान ऊर्जा आपूर्तिको समस्या हटाउन आयोजनाको ठूलो योगदान रहनाका साथै स्थानीय स्रोतसाधानलाई अधिकतम उपयोग गरी देशको आर्थिक एवं सामाजिक क्षेत्रको विकासमा थप टेवा पुग्ने अपेक्षा गरिएको छ । 

आयोजनाका लागि सेती नदीमा १४० मिटर अग्लो र २१५ मिटर लामो क्रङ्क्रिट बाँध निर्माण गरिने आयोजनाका प्रबन्ध सञ्चालक किरणकुमार श्रेष्ठले जानकारी दिनुभयो । जलाशययुक्त यस आयोजनालाई बढी विद्युत् माग हुने हिउँदयाममा समेत दैनिक करिब छ घण्टा पूर्ण क्षमता (१४० मेगावाट) मा चलाउन सकिने, र भारतबाट विद्युत् आयात घटाउन आयोजनाको महत्वपूर्ण भूमिका रहने अपेक्षा गरिएको उहाँको भनाइ थियो । 

विद्युत् उत्पादन शुरु भएको पहिलो दश वर्षसम्म वार्षिक औषत विद्युत् उत्पादन ५८ करोड ७७ लाख र त्यसपछि ४८ करोड ९९ लाख युनिट उत्पादन हुने लक्ष्य रहेको छ । 

“आयोजनाको जलाशय सात दशमलव २६ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिने छ ।” प्रबन्ध सञ्चालक श्रेष्ठले भन्नुभयो,“आयोजनाको जलाशय बाँधदेखि सेती नदीको माथिल्लो तटीय भेगको करिब १८ किलोमिटरसम्म फैलनेछ ।” सेती नदीको दायाँ किनार हुँदै ७४ मिटर व्यासको एक हजार २६२ मिटर लामो सुरुङमार्फत बाँधभन्दा करिब पाँच किलोमिटर तल्लो तटमा रहने भूमिगत विद्युत्गृहमा पानी पु¥याएर विद्युत् उत्पादन गरिनेछ ।” 

विद्युत्गृहमा ७०-७० मेगावाटका दुईवटा फान्सिस टर्वाइन रहनेछन् । आयोजनाबाट उत्पादित विद्युत् २२० किलोभोल्टको डबल सर्किट प्रसारण लाइनमार्फत नेपालको राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाहित गरिने प्रबन्ध सञ्चालक श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार  आयोजनाको विद्युत्गृहदेखि चितवनको भरतपुरस्थित सवस्टेशनसम्म करिब ३७ किलोमिटर प्रसारण लाइनका लागि ९४ वटा टावर निर्माण गरिनेछ ।आयोजनाबाट जिल्लाको ऋषिङ गाउँपालिका, म्याग्दे गाउँपालिका, भीमाद नगरपालिका, व्यासनगरपालिका र बन्दिपुर गरी पाँच पालिकाका केही वडाका बासिन्दालाई असर पर्नेछ । निजी जग्गाधनीलाई मुआब्जा दिइ जग्गा अधिग्रहण गरेर आयोजनाको निर्माण कार्य अघि बढाइएको सो आयोजनाले जनाएको छ ।