५ पुष २०८२, शनिबार
,
Latest
गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पुँजी विकास गर्दै कामपा साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो… हिंसापीडित बालबालिकाका लागि सुरक्षित आवास गृहको अभाव तनहुँमा ६८ जना कैदीबन्दी अझै फर्किएनन् यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य बाँसका भौतिक संरचना निर्माणसम्बन्धी मार्गदर्शन–२०८२ सार्वजनिक भएपछि उत्साहित छ ‘रूपाकोट मझुवागढी’ प्रथम कावासोती गोल्डकप आजदेखि सुरु हुँदै सुनौलो परिवार नेपाल र रिलायन्स फाइनान्स लिमिटेडबीच सहकार्य कण्ठरोग निवारणमा सफलता : गलगाँडको समस्या शून्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

तनहुँ जलविद्युत् आयोजनाबाट सुख्खायाममा पनि विद्युत् आपूर्ति सहज हुने



अ+ अ-

तनहुँ । ऋषिङ गाउँपालिका–१ स्थित झापुरटारमा निर्माणधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाले सुख्खायाममा पनि विद्युत् आपूर्ति सहज गराउने भएको छ । 

सुख्खायाममा देशको विद्यमान ऊर्जा आपूर्तिको समस्या हटाउन आयोजनाको ठूलो योगदान रहनाका साथै स्थानीय स्रोतसाधानलाई अधिकतम उपयोग गरी देशको आर्थिक एवं सामाजिक क्षेत्रको विकासमा थप टेवा पुग्ने अपेक्षा गरिएको छ । 

आयोजनाका लागि सेती नदीमा १४० मिटर अग्लो र २१५ मिटर लामो क्रङ्क्रिट बाँध निर्माण गरिने आयोजनाका प्रबन्ध सञ्चालक किरणकुमार श्रेष्ठले जानकारी दिनुभयो । जलाशययुक्त यस आयोजनालाई बढी विद्युत् माग हुने हिउँदयाममा समेत दैनिक करिब छ घण्टा पूर्ण क्षमता (१४० मेगावाट) मा चलाउन सकिने, र भारतबाट विद्युत् आयात घटाउन आयोजनाको महत्वपूर्ण भूमिका रहने अपेक्षा गरिएको उहाँको भनाइ थियो । 

विद्युत् उत्पादन शुरु भएको पहिलो दश वर्षसम्म वार्षिक औषत विद्युत् उत्पादन ५८ करोड ७७ लाख र त्यसपछि ४८ करोड ९९ लाख युनिट उत्पादन हुने लक्ष्य रहेको छ । 

“आयोजनाको जलाशय सात दशमलव २६ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिने छ ।” प्रबन्ध सञ्चालक श्रेष्ठले भन्नुभयो,“आयोजनाको जलाशय बाँधदेखि सेती नदीको माथिल्लो तटीय भेगको करिब १८ किलोमिटरसम्म फैलनेछ ।” सेती नदीको दायाँ किनार हुँदै ७४ मिटर व्यासको एक हजार २६२ मिटर लामो सुरुङमार्फत बाँधभन्दा करिब पाँच किलोमिटर तल्लो तटमा रहने भूमिगत विद्युत्गृहमा पानी पु¥याएर विद्युत् उत्पादन गरिनेछ ।” 

विद्युत्गृहमा ७०-७० मेगावाटका दुईवटा फान्सिस टर्वाइन रहनेछन् । आयोजनाबाट उत्पादित विद्युत् २२० किलोभोल्टको डबल सर्किट प्रसारण लाइनमार्फत नेपालको राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाहित गरिने प्रबन्ध सञ्चालक श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार  आयोजनाको विद्युत्गृहदेखि चितवनको भरतपुरस्थित सवस्टेशनसम्म करिब ३७ किलोमिटर प्रसारण लाइनका लागि ९४ वटा टावर निर्माण गरिनेछ ।आयोजनाबाट जिल्लाको ऋषिङ गाउँपालिका, म्याग्दे गाउँपालिका, भीमाद नगरपालिका, व्यासनगरपालिका र बन्दिपुर गरी पाँच पालिकाका केही वडाका बासिन्दालाई असर पर्नेछ । निजी जग्गाधनीलाई मुआब्जा दिइ जग्गा अधिग्रहण गरेर आयोजनाको निर्माण कार्य अघि बढाइएको सो आयोजनाले जनाएको छ ।