२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

वैकल्पिक शक्तिको एजेण्डा बोक्ने दलहरुलाई स्थापित दलहरुले नै सिध्याउँछन्ः सिके राउत



अ+ अ-

काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले वैकल्पिक शक्तिको एजेण्डा बोकेर आउनेहरुलाई स्थापित दलहरुले नै सिध्याउने गरेको आरोप लगाउनुभएको छ ।

शुक्रवार विवेकशील साझा पार्टीको पहिलो महाधिवेशनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले वैकल्पिक शक्तिको एजेण्डा बोकेर आउने राजनीतिक दलहरुलाई स्थापित दलहरुलै कुनै न कुनै मुद्दा लगाएर असफल बनाउने प्रयास भइरहेको बताउनु भयो ।

उहाँले नयाँ शक्तिको एजेण्डा बोकेका वैकल्पिक राजनीतिक दलहरुले सदनलाई भन्दा पनि सडकलाई पहिलो प्राथमिकता दिनुपर्ने बताउनु भयो । उहाँले राजनीतिक पार्टीको रुपमा दर्ता हुँदैमा सरकारमा जानुलाई नै सबैभन्दा ठूलो प्राथमिकता बनाउनु नहुने बताउनु भयो । उहाँले सबै वैकल्पिक राजनीतिक शक्तिहरु एक ठाउँमा उभिनुपर्ने बताउनु भयो । उहाँले वैकल्पिक शक्तिहरु एक ठाउँमा बसेर क्रान्तिको बिजारोपण गर्नसके मात्रै दलीय सिन्डिकेट तोडेर अघि बढ्नसक्ने दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘सडक आफैँमा सबैभन्दा ठूलो थलो हो । त्यसलाई हामीले आफ्नो स्थान बनाउन सक्नुपर्छ । त्यसलाई कम प्राथमिकतामा राख्नु हुँदैन । हामी राजनीतिक पार्टीको रुपमा दर्ता भयो भन्दैमा सबैभन्दा ठूलो प्राथमिकता सरकारमा नै जाने, संसदमा नै जाने भन्ने होइन । संघर्षको माध्यमबाट हामीले हामी अघि बढ्नुपर्छ । सम्पूर्ण वैकल्पिक शक्ति चाहनेहरु एक ठाउँमा आएर कुनै क्रान्तिको बिजारोपण गर्नसक्यो भने चाहे त्यो भ्रष्टाचार, बेरुजु, कुशासनको बिरुद्धमा नै होस् । रोजगारी सिर्जना कायम गर्न, सुशासन कायम गर्नेकुरालाई आधार मानेर अघि बढेमात्रै दलीय सिन्डिकेट तोडेर अघि बढ्न सक्छौँ ।’

अध्यक्ष राउतले वैकल्पिक शक्तिहरुले स्थापित तरिका र निर्वाचनको माध्यमबाट मात्रै जानसक्ने भन्नेकुरा सोच्नु नहुने बताउनु भयो ।