५ आश्विन २०८१, शनिबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुदूरपश्चिमका मुख्‍यमन्त्री शाहले लिए शपथ



मुख्‍यमन्त्री कमल शाह शपथ लिदै
अ+ अ-

काठमाडौँ। सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमल शाहले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

प्रदेश प्रमुख देवराज जोशीले संविधानको धारा १६८ को उपधारा (३) अनुसार मुख्यमन्त्री शाहलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

२७ पुसमा एमाले, माओवादी, नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त हुनुभएका राजेन्द्रसिंह रावलले प्रदेशसभाबाट विश्वासको मत पाउन नसकेपछि प्रदेश प्रमुखसमक्ष राजीनामा बुझाउनुभएको थियो । उहाँले राजीनामा बुझाएलगत्तै शाह मुख्यमन्त्री नियुक्त हुनुभएको हो ।