५ बैशाख २०८२, शुक्रबार
April 18, 2025 Friday

19.27°C

काठमाडौं

19.27°C

Kathmandu

Feels-like: 19.55

Wind: 2.57

Humidity: 88

तपाईं के खोज्दै हुनुहुन्छ ?

अर्थतन्त्र सुधारको दिगोपनामा आश्वस्त हुने अवस्था छैन: राष्ट्रपति



अ+ अ-

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले वर्तमान अवस्थामा अर्थतन्त्रका सूचकहरुमा सुधारको संकेत देखिए पनि यसको दिगोपनामा आश्वस्त भइहाल्ने अवस्था नरहेको बताउनुभएको छ ।

शुक्रबार संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दै उहाँले मौद्रिक तरलताको समस्या, लगानीका लागि यथेष्ट स्रोतको अभाव र बाह्य कारणले गर्दा उत्पादन क्षेत्र मजबुत हुन नसकेकाले अर्थतन्त्रको सुदृढीकरणमा गम्भीर पाइला चाल्न आवश्यक भइसकेको बताउनुभयो ।

उतारचढावपूर्ण विश्व अर्थतन्त्र र कोभिड महामारीका कारण अर्थतन्त्रको कतिपय समस्या सिर्जना भएको भन्दै राष्ट्रपति भण्डारीले यिनीहरुलाई कारण देखाएर पन्छिने सुविधा हामीलाई नभएको उल्लेख गर्नुभयो ।