५ श्रावण २०८३, मंगलवार
,
Latest
स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने नेपाल टेलिकमद्वारा हुम्ला, नुवाकोट, रसुवा र बाराका दुर्गम तथा सीमावर्ती क्षेत्रमा टुजी र फोरजी सेवा… नेपालको विकास यात्रामा रुसको योगदान महत्त्वपूर्ण छ : नेता पुन कृषि र उद्योगमन्त्रीबीच मन्त्रालयका काममा समन्वय गर्नेबारेमा छलफल मानिस निर्यात गरेर देश बन्दैन, उत्पादित वस्तु निर्यात गर्नुपर्छः प्रधानमन्त्री साह पोखरामा श्रृङ्खलावद्ध चोरीः चार विदेशीसहित ९ जनाको गिरोह पक्राउ बर्डफ्लूको प्रभाव हटेसँगै अण्डाको भाउ बढ्यो, किसानलाई राहत डा देवेन्द्रराज पाण्डेको साधाना मुख्यतः स्वतन्त्रता, अधिकार र नागरिक आन्दोलनमा थियो: राष्ट्रपति पौडेल कर्णालीका सडक पूर्वाधारको अनुगमन गरेर फर्के मन्त्री लम्साल ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

निःशुल्क एम्बुलेन्स चलाउँदै वडासदस्य थापा



अ+ अ-

रेसुङ्गा । गुल्मीको मालिका गाउँपालिका–३ का वडासदस्य सूर्य थापाले वडाका लागि निःशुल्क एम्बुलेन्स चलाउँदै आउनुभएको छ । उहाँले ह्वाङदी स्वास्थ्य चौकीको एम्बुलेन्स गत फागुनदेखि निःशुल्क चलाउँदै आउनुभएको हो ।

गत वैशाखमा वडा सदस्यमा निवार्चित भएपछि पनि थापाले एम्बुलेन्स चलाउँदै आउनुभएको छ । स्वास्थ्य चौकीले मासिक तलब दिएर चालक राख्न नसकेपछि उहाँले समाजसेवीको रुपमा बिना तलब एम्बुलेन्स चलाउन थाल्नुभएको हो । लामो समयसम्म वैदेशिक रोजगारीमा रहनुभएका वडासदस्य थापा विदेशबाट फर्केपछि पनि आफ्नो सीपअनुसार वडामा सेवा गरिरहनुभएको हो ।

चालक राख्न नसकेपछि एम्बुलेन्स बेकामे भएर थन्किएकाले आफूमा सेवाको भावना जागेको उहाँले जानकारी दिनुभयो । सोही सेवाभावका कारण गत स्थनीय तहको निर्वाचनमा उहाँले नेपाली कांग्रेसबाट वडा सदस्यको टिकट पाउनुभयो । निवार्चित भएपछि पनि थापाले थप जिम्मेवारी महसुस गरी एम्बुलेन्स चालकको कामलाई निरन्तरता दिनुभयो । पछिल्लो समय ग्रामीण भेगका स्वास्थ्य चौकीमा एम्बुलेन्सको व्यवस्था भए पनि चालक राख्नसमेत कठिनाइ भइरहेको छ । त्यही समस्याबाट ग्रसित मालिकाको विकट मानिने ह्वाङदी स्वास्थ्य चौकीलाई वडासदस्य थापाले राहत दिलाउनुभएको छ ।

वडा सदस्यको कार्यकाल रहुन्जेल पाँच वर्षसम्म निःशुल्क एम्बुलेन्स चलाएर सहयोग गर्ने उहाँले बताउनुभयो । “समाजसेवा गर्ने हो, माध्यम जस्तो पनि हुनसक्छ”, वडासदस्य थापाले भन्नुभयो, “स्वास्थ्य संवेदनशील कुरा हो, नचलेको एम्बुलेन्स निःशुल्क चलाएर सहयोग गरेको छु ।” उहाँले वडासदस्यको हैसियतमा वडाबाट पाउने सेवासुविधा लिएर काम गरिरहनुभएको छ । आफूले पाँच वर्षसम्म वडासदस्यको भूमिकासँगै निःशुल्क एम्बुलेन्स चलाएर सहयोग गर्ने थापाले बताउनुभयो । उहाँको कामलाई वडावासी सबैले प्रशंसा गरिहहेका छन् । रासस