२० आश्विन २०८१, आईतवार
,
Latest
रसायन तथा मेडिकल आपूर्ति सङ्घद्वारा अर्थोपेडिक अस्पताललाई सहयोग सातै प्रदेशमा अटिजम भएका बालबालिकाको लागि तालिम केन्द्रहरु बनाउने तयारीमा छौँ: मन्त्री पौडेल  बाढी, पहिरोबाट भत्किएका अधिकांश सडकहरु दसैँअघि नै खुल्नेछन्ः मन्त्री दाहाल (अन्तरवार्ता) बाढी पहिरोले गर्दा अर्थतन्त्रमा परेको प्रभाव र स्रोतको व्यवस्थापनबारे अर्थको गृहकार्य सुरु पुरुषको तुलनामा महिलामा मानसिक स्वास्थ्य समस्याको जोखिम बढी सुनको दैनिक आयात कोटा बढाउन तयार छौँ: उद्योगमन्त्री भण्डारी मिथिलाञ्चलमा झिझिया नृत्यको रौनक पदमार्ग र अन्नपूर्ण आधार शिविरमा खेलाडीद्वारा सरसफाइ दाउन्नेमा भासिएको सड्कको दुईतर्फी सञ्चालनमा चाडपर्व नजिकिएसँगै घर फर्कंदै नेपाली
तपाईं के खोज्दै हुनुहुन्छ ?

चार कम्युनिष्ट पार्टीबीच एकताको तयारी



अ+ अ-

काठमाडौँ । नेत्रविक्रम चन्द (विप्लव) को पार्टीसहित चार कम्युनिष्ट पार्टीले एकताको तयारी गरेका छन् ।

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, ऋषि कट्टेलको नेपाल कम्युष्टि पार्टी, आहुती नेतृत्वको वौनिक समाजवादी कम्युनिष्ट पार्टी र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी समाजवादी पार्टीबीच पार्टी एकता एवं क्रान्तिकारी ध्रुवीकरणको निम्ति समय निर्धारण गरी बहस छलफल आरम्भ गर्ने र संयुक्त मोर्चालाई थप व्यवस्थित गर्ने निर्णय गरेका छन् ।

चारवटै पार्टीले शुक्रबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै पार्टी एकता, संयुक्त मोर्चा र कार्यगत एकताको ठोस कार्यक्रम विकास गरी सार्वजनिक गर्न आगामी फागनु १५ गते चार पार्टीको बैठक बस्ने निर्णय भएको जनाएका छन् ।

विज्ञप्तिमा देशको वर्तमान राजनैतिक अवस्थाको विश्लेषण गर्दै स्थिति चरम संकट र गंभीर अवस्थामा रहेको निष्कर्ता निकालेको उल्लेख छ ।