१९ भाद्र २०८३, शुक्रबार
,
Latest
शिक्षण अस्पताल पुगेर सञ्चारमन्त्री तिमिल्सिनाले लिनुभयो भोटेकोशी बाढीपीडितको स्वास्थ्य अवस्थाबारे जानकारी बाढीले क्षति पुर्‍याएका २० झोलुङ्गे पुल मर्मतमा सरकार युद्धस्तरमा भदौ २२ र २३ गते राहदानी विभागका सेवा नियमित सञ्चालन हुने भोटेकोशीको उर्लंदो भेलमा बगेका सपना र भग्नावशेषको डिलमा आँशुः जब ओलीले सुने बगर बनेको बस्तीका… न सास भेटियो, न लाश : कुशको शव बनाएर आफन्तलाई अन्तिम बिदाइ दार्चुलाकाे चौलानी नदी पहिरोले आधा थुनियो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन प्रशासनको आग्रह बाढीले बगाएर ल्याएका मृत पशुको व्यवस्थापन गर्दै भरतपुर प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राहत दाखिला गर्ने बढ्दै सहकारीमा अन्योल र दोहोरोपन हटाउन दुईवटा नयाँ ऐन ल्याईंदै : सचिव भुजेल बाढीका कारण प्रभावित १३ हजारभन्दा बढीको उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

धरान–भेडेटार सडक खण्डमा जेब्रा झोलामा मानिसको शव फेला



अ+ अ-

धरान। सुनसरीको धरान उपमहानगरपालिका–४ मा पुरुषको टाउको र खुट्टा भेटिएको ठाउँ नजिकै अर्को झोलामा शरीर पनि फेला परेको छ।

प्रहरीका अनुसार बुधबार जेब्रा झोलामा पुरुषको टाउको र खुट्टा भेटिएको स्थान नजिकै बिहीबार बिहान अर्को झोलामा शरीर भेटिएको होे।

बुधबार दिउँसो धरान भेडेटार जाने सडक खण्डको आपगाछी देखि ४ घुम्ती मास्तिर जेठमाने गोलाईको जङ्गलमा गोठाला र दाउरा खोज्न जानेले दुर्गन्ध आएको र जेब्रा झोलामा मानिसको खुट्टा बाहिर देखेपछि प्रहरीले खबर गरेका थिए। 

घटना स्थलमा प्रहरी पुगेर हेर्दा जेब्रा झोलाभित्र टाउको र खुट्टा फेला पारेको सङ्घीय इकाई प्रहरी कार्यालय धरानका एसपी भीम दाहालले बताए। 

आज बिहीबार बुधबारको घटना स्थलबाट करिब १ किलोमिटर माथि धरान भेडेटार सडक खण्डबाट करिब ३० मिटर भित्र खर्दु सामुदायिक वनको धर्रधरे जंगलमाअर्को झोलामा मानिसको हात नै बाहिर देखिने गरी अर्को जेब्रा झोला फेला परेको हो। 

हिजो टाउको र दाहिने खुट्टा फेला परेको शवको पुरै शरीर फेला परेको थिएन। त्यही हिजो फेला परेको टाउको र खुट्टाको बडी हुन सक्ने सङ्घीय इकाई प्रहरी कार्यालय धरानका एसपी भीम दाहालले बताए। 

प्रहरीले घटनास्थलमा पुगेर अनुसन्धान थालेको छ। यो हत्या प्रोफेसनल मर्डर हुन सक्ने प्रहरी अनुसन्धान बताउँछ । 

मानिसको हत्या गरेर शरीरलाई टुक्रा टुक्रा पारेर अलग अलग स्थानमा छर्नुले यो प्रोफेसनल मडर हुन सक्ने बताइएको छ । 

यद्यपि, अहिलेसम्म हिजो भेटिएको टाउको र खुट्टाको अहिले सम्म सनाखत हुन सकेको छैन। प्रहरीले कोही मानिस घरबाट सम्पर्क बाहिर रहेको बारेमा सोधी खोजी सुरु गरेको छ।