• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo

निहारिका र शिवराजले गरे बिहे



तस्बिर: सामाजिक संजाल

धनुषा । जनकपुरस्थित जानकी मन्दिरमा शुक्रबार निहारिका राजपूत (सोनालीकुमारी सिंह) र शिवराज श्रेष्ठले विवाह गरेका छन् । उनीहरुले जिल्ला अदालत धनुषामा विवाह दर्तासमेत गरिसकेका छन् ।

निहारिकाले आफूमाथि बलात्कार भएको भनी जिल्ला अदालत धनुषामा मुद्दा लडेकी थिइन् । धनुषा जिल्ला अदालतले शिवराज र निहारिकाबीच प्रेम सम्बन्ध रहेको र प्रमेसम्बन्धमा भएको शारीरिक सम्बन्धलाई जबरजस्ती करणी मान्न नमिल्ने भन्दै शिवराजलाई सफाइ दिएको थियो ।

जिल्ला अदालतले शिवराजलाई सफाइ दिएपछि उनले उच्च अदालत जनकपुरमा पुनरावेदनको मुद्दा दर्ता गराएकी थिइन् । सोही समयमा उनले आन्दोलनसमेत गरेर बलात्कारीलाई सजाय दिन माग गरेकी थिइन् । साथै मुद्दाको सुनुवाइ नभएको भन्दै उनले आत्मदाहको प्रयाससमेत गरेकी थिइन् ।

यही माघ १५ गते निहारिकाले धनुषा जिल्ला अदालतमा शिवराज श्रेष्ठविरुद्ध अंश दाबी गर्दै मुद्दा दर्ता गराएकी थिइन् । त्यसको भोलिपल्ट माघ १६ गते शिवराजसँग आफू मिलेर बस्ने भन्दै धनुषा जिल्ला अदालतमा मिलापत्र गरेकी थिइन् ।