२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

दैलेखको महाबु गाउँपालिकाका अध्यक्ष गुरुङ्गको निधन



अ+ अ-

सुर्खेत । दैलेखको महाबु गाउँपालिकाका अध्यक्ष लक्षुमन गुरूङको निधन भएको छ । जिल्ला प्रहरी कार्यालय दैलेखको अनुसार अध्यक्ष गुरूङको शुक्रबार मध्यान्ह करिब १२ बजेको समयमा निधन भएको हो ।

दैलेख सदरमुकामबाट उपचार गरेर घर फर्किएका गुरूङको स्वास्थ्यमा थप समस्या आएपछि थप उपचारको लागि जिल्ला अस्पतालमा पुर्याईएको थियो ।

७५ वर्षीय गुरुङ गत वैशाखमा भएको स्थानीय चुनावमा नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए ।