३० भाद्र २०८३, मंगलवार
,
Latest
पूँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना सकारात्मक: अध्यक्ष ढकाल मुस्ताङमा आजदेखि जलवायु सम्मेलन पुँजी बजार सुदृढीकरण तथा पुनरुत्थानका लागि २१ बुँदे कार्ययोजना जारी पोखरामा खुला प्रौढ महिला तथा पुरुष भलिबल प्रतियोगिता बेहुली, पेन्सन पट्टा, गौँथली चलचित्र दर्शकको रोजाइमा प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग देशमा नेकपा (एमाले)को योगदान, भूमिका र कमजोरी : एक समग्र समीक्षा ‘एआई’को प्रयोग गरी कर्मकाण्ड विधिको विकास गरे नेपाली सन्तले एआईबाट राष्ट्रिय सुरक्षामा जोखिम : चिनियाँ गुप्तचर सुरक्षामन्त्री रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति
तपाईं के खोज्दै हुनुहुन्छ ?

चैतसम्म ऋण भुक्तानी गर्दा छुट



अ+ अ-

काठमाडौँ । नेपाल बैंकले ऋणीहरूलाई कर्जा चुक्ता गरे ब्याज छुट दिने भएको छ । बैंकले शुक्रबार एक सूचना जारी गर्दै आगामी चैत मसान्तसम्म ऋण भुक्तानी गर्दा ब्याजमा छुट पाइने जनाएको हो ।

‘बैंकले २०७९ को चैत मसान्त अगाडिभित्र कर्जा चुक्ता (ऋण भुक्तानी) गर्दा खराब वर्गमा वर्गीकरण भएका बक्यौता साँवा रु २५ लाखसम्मका खराब कर्जा तथा उपलेखित कर्जा ऋणीहरूलाई ब्याजमा छुट सुविधा दिइनेछ’, बैंकले जारी गरेको सूचनामा भनिएको छ ।

बैंकको ब्याज छुटसहितको अवसर प्राप्त गरी कर्जा चुक्ता गर्नका लागि शाखा कार्यालय वा प्रधान कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ । बैंकले बक्यौता साँवा रु एक लाखसम्मका कर्जामा बाँकी साँवाको १० प्रतिशत, रु पाँच लाखसम्मका कर्जामा ३० प्रतिशत, रु १० लाखसम्मका कर्जामा ४० प्रतिशत, रु १५ लाखसम्मका कर्जामा ६० प्रतिशत, रु २० लाखसम्मका कर्जाम ७० प्रतिशत र रु २५ लाखसम्मका कर्जामा ८० प्रतिशत बराबरको रकम ब्याज लिएर बाँकी ब्याज मिनाहा गर्ने बैंकले जनाएको छ ।