२१ मंसिर २०८२, आईतवार
,
Latest
सोमबारदेखि मानव अधिकार महाभेला विमान केवल यात्रु बोकेर गन्तव्यमा पुर्याउने माध्यम होइन, सुरक्षा र मानव–केन्द्रित सेवाको मेलमिलाप पनि होः… संसद् महत्वपूर्ण र निर्णायक हो भन्ने पुष्ट्याइ गर्ने गरी काम गर्नुस्ः सभामुख घिमिरे ‘साधनमाला’ लोकार्पण गृहमन्त्री अर्यालद्वारा निर्माणाधीन संसद् भवनको निरीक्षण संसद सचिवालयको पदाधिकारी नियुक्तिमा खुला बहस आवश्यक छः सभामुख घिमिरे कर्णालीद्वारा जनकपुरसामु १३० रनको लक्ष्य प्रस्तुत पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भ्रष्टाचारः ५५ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर (पूर्णपाठ) सरकारले लोकप्रिय हुने नाममा अनुचित ढंगले खर्च कटौति गर्योः उपसभामुख राना कार्यकारी अध्यक्ष झा र क्युएनए अधिकारीबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

उच्चस्तरीय संयन्त्रको बैठक: रास्वपालाई सरकारमा आउन आग्रह



अ+ अ-

काठमाडौँ । सत्ता गठबन्धन दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई पुनः सरकारमा सहभागी हुन आग्रह गरिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको संयन्त्रको बैठकमा रास्वपालाई सरकारमा ल्याउने बारे पनि छलफलको एजेन्डा बनेको बताइएको छ । बैठकमा रास्वपा अध्यक्ष रवि लामिछानेले कुनै जवाफ नदिएको बताइएको छ । सरकारबाट बाहिरिए पनि रास्वपाले सरकारलाई दिएको समर्थन भने कायमै राखेको छ ।

बैठकमा एमाले अध्यक्ष ओली, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, रास्वपाका सभापति लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन सहाभागी हुनुहुन्थ्यो । जनता समाजवादी पार्टी (जसपा), जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी (नाउपा) का नेता बैठकमा उपस्थित थिएनन् ।

आजको बैठकमा सरकारको पूर्णता र राष्ट्रपति निर्वाचनबारे छलफल हुने बताइएको थियो ।