१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव

उच्चस्तरीय संयन्त्रको बैठक: रास्वपालाई सरकारमा आउन आग्रह

उच्चस्तरीय संयन्त्रको बैठक: रास्वपालाई सरकारमा आउन आग्रह
अ अ+ अ-

काठमाडौँ । सत्ता गठबन्धन दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई पुनः सरकारमा सहभागी हुन आग्रह गरिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको संयन्त्रको बैठकमा रास्वपालाई सरकारमा ल्याउने बारे पनि छलफलको एजेन्डा बनेको बताइएको छ । बैठकमा रास्वपा अध्यक्ष रवि लामिछानेले कुनै जवाफ नदिएको बताइएको छ । सरकारबाट बाहिरिए पनि रास्वपाले सरकारलाई दिएको समर्थन भने कायमै राखेको छ ।

बैठकमा एमाले अध्यक्ष ओली, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, रास्वपाका सभापति लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन सहाभागी हुनुहुन्थ्यो । जनता समाजवादी पार्टी (जसपा), जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी (नाउपा) का नेता बैठकमा उपस्थित थिएनन् ।

आजको बैठकमा सरकारको पूर्णता र राष्ट्रपति निर्वाचनबारे छलफल हुने बताइएको थियो ।