१९ भाद्र २०८३, शुक्रबार
,
Latest
चीनले नेपालसँग जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने कोशी प्रदेशका १६० व्यक्ति सम्पर्कविहीन बाढीमा परी मृत्यु हुनेको संख्या १ हजार २९३ पुग्यो, ४ हजार ८९८ जना अझै बेपत्ता बाढीमा बेपत्ता भएकाहरुका आफन्तले बनाए कुशको शव, पशुपतिमा गरे अन्तिम संस्कार पृथ्वी राजमार्ग अवरुद्ध भएपछि कान्ति लोकपथमा सवारी चाप, दैनिक एक हजारभन्दा बढी सवारी आवतजावत सुरुङबाट जीवितै उद्धार भएका कविरकी श्रीमतीले भनिन्–‘फर्किनुहुन्छ भनेर विश्वास नै लागेको थिएन, खुशीको सीमा छैन’ त्रिशूली–३ ए जलविद्युत आयोजनाको सुरुङभित्रबाट उद्धार गरिएका मेकानिकल फोरम्यान सञ्जय साहको स्वास्थ्य अवस्था सामान्य र… ह्याप्पी इनर्जीले दैवी प्रकोप उद्धार कोषमा २० लाख सहयोग माथिल्लो त्रिशूली–३ ए को सुरुङमा एक शव फेला सङ्खुवासभामा शिक्षक हत्या घटनामा एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

विवेकशीललाई शुभकामना दिँदै रविन्द्रले भने– विचारमा अन्तर भए नि नियत एउटै छ



फाईल फोटो
अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले काठमाडौंमा आजदेखि सुरु हुनलागेको विवेकशील साझा पार्टीको पहिलो महाधिवेधनलाई शुभकामना दिँदै विचारमा अन्तर भए नि नियत एउटै भएको बताएका छन्।

विवेकशील परित्याग गरेर राप्रपा प्रवेश गरेका मिश्रले सामाजिक सञ्जालमार्फत प्रथम महाधिवेशनको सफलताका लागि शुभकामना व्यक्त गरेका छन् । मिश्रले आफनो मार्ग परिवर्तनले पार्टीका समस्यालाई थप जटिल बनाए पनि ती जटिलतासँग जुध्दै पार्टीलाई सम्हालेर अगाडि लैजाने साथीहरूलाई धन्यवाद दिएका छन् ।

उनले भनेका छन, ‘विवेकशील साझाको प्रथम महाधिवेशनको सफलताका लागि शुभकामना व्यक्त गर्दछु, मेरो मार्ग परिवर्तनले पार्टीका समस्यालाई थप जटिल बनाए पनि ती जटिलतासँग संयमताका साथ जुध्दै पार्टीलाई सम्हालेर अगाडि लैजाने साथीहरूलाई नमन । हाम्रो विचारमा अन्तर भए नि नियतमा अन्तर छैन भन्नेमा विश्वस्त छु।’




भर्खरै