६ श्रावण २०८३, बुधबार
,
Latest
होल्डिङ सेन्टरमा रहेका सुकुम्वासीलाई गृहजिल्ला फर्किन सरकारको आग्रह राष्ट्रिय स्वाधीनताको रक्षाका लागि परिवर्तन पक्षधर शक्तिबीच सहकार्य आवश्यक छ : संयोजक दाहाल दाङमा एक वर्षमा सडक दुर्घटनामा ७२ जनाको मृत्यु दाइजो प्रथा अन्त्यका लागि मधेशबाट राष्ट्रिय अभियान सुरु गर्ने तयारी अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी विषयमा मन्त्री सिता बादी र सांसद रमेश प्रसाईबीच भेटवार्ता प्रहरी महानिरीक्षक कार्की स्वदेश फिर्ता हस्तकला क्षेत्रको विकासका लागि महासंघका माग सम्बोधन गर्ने प्रधानमन्त्रीको आश्वासन मनसुनजन्य विपद्को पूर्वतयारी फितलो भएको भन्दै विपक्षी दलद्वारा राष्ट्रिय सभामा सार्वजनिक महत्वको प्रस्ताव परिवर्तन सरकारमा होइन शासनमा ,नीति होइन प्रणाली बदल्नुपर्छ राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले कानुन कार्यान्वयन अवस्थाको थाल्यो अध्ययन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सात महिनामा १२ अर्ब राजस्व सङ्कलन



अ+ अ-

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) स्थित आन्तरिक राजस्व कार्यालयले चालु आर्थिक वर्षको सात महिनामा रु १२ अर्ब ३० करोड राजस्व सङ्कलन गरेको छ । 

गत साउनदेखि माघ मसान्तसम्म रु १२ अर्ब ६१ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य लिइएकामा रु ३१ करोड कम राजस्व सङ्कलन भएको उक्त कार्यालयले जनाएको हो । सबैभन्दा बढी राजस्व अन्तःशुल्क शीर्षकमा रु ११ अर्ब ७५ करोड ७२ लाख सङ्कलन भएको छ । जस्मा रु १२ अर्ब ५५ करोड ६ लाख राजस्व असुली गर्ने लक्ष्य लिइएको प्रमुख कर अधिकृत टेकबहादुर अर्यालले जानकारी दिनुभयोे । 

आयकरमा रु ३० करोड ७७ लाख ९७ हजार,मूल्य अभिवृद्धि कर ९भ्याट०मा रु १७ करोड २७ लाख ९० हजार, ब्याजमा रु तीन करोड १४ लाख २० हजार, स्वास्थ्य सेवामा रु एक करोड ८३ लाख ७० हजार र घरबहाल करमा रु ८२ लाख ५२ हजार राजस्व सङ्कलन भएको उहाँको भनाइ थियो ।

कार्यालयले लक्ष्यअनुसारको राजस्व असुली गर्नका लागि करदाता शिक्षालाई प्रभावकारी रुपमा अगाडि लैजाने तयारी गरिरहेको प्रमुख कर अधिकृत अर्यालले बताउनुभयो ।