२१ मंसिर २०८२, आईतवार
,
Latest
पूर्वराष्ट्रपति भण्डारीद्वारा सिंहदरबारको अवलोकन–फोटोफिचर प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीबीच भेटवार्ता पोखरा विमानस्थल निर्माणमा भ्रष्टाचारः पाँच पूर्वमन्त्रीसहितलाई मुद्दा चलाइने मिराज ढुंगानले मागे प्रधानमन्त्री कार्कीको राजीनामा विदेश जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बढाएकामा आपत्ति ठमेलको निर्माणाधीन रेष्टुरेन्टमा आगलागी बर्दिया घटनाको छानबिन गर्न समिति गठन मधेस प्रदेशका मुख्यमन्त्री यादवद्वारा पदभार ग्रहणः सुशासन पहिलो प्राथमिकता एमाले महाधिवेशनको खुल्लासत्रमा सहभागी हुन अध्यक्ष ओलीको पत्र पूर्वराष्ट्रपति भण्डारीले खण्डहर बनेको सिंहदरबारको अवलोकन गर्नुहुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुदूरपश्चिमका मुख्यमन्त्री रावलले दिए राजीनामा



अ+ अ-

काठमाडौँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले पदबाट राजीनामा दिएका छन् । आज प्रदेश प्रमुख देवराज जोशीलाई मुख्यमन्त्री रावलले राजीनामा पत्र बुझाएका हुन् ।

उनी आजै विश्वासको मत नपाएपछि पदमुक्त भएका थिए । बिहीवार साँझ बसेको प्रदेशसभा बैठकमा मुख्‍यमन्त्री रावलले प्रदेशसभासमक्ष विश्वासको मत माग्दै प्रस्ताव पेश गरेका थिए । प्रस्ताव पेश गर्दा बहुमतले अस्वीकृत भएको निर्णय सभामुखले सुनाएका थिए ।

रावल एकमहिनाअघि सत्ता गठबन्धन दलहरूको समर्थनमा मुख्‍यमन्त्री नियुक्त भएका थिए । मुख्‍यमन्त्री नियुक्त भएको एक महिनाभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्‍यवस्था छ ।

त्रिपन्न सदस्यीय प्रदेशसभामा कुनै पनि दलको एकल बहुमत छैन । मुख्यमन्त्रीलाई बहुमत सिद्ध गर्न २७ मत आवश्यक पर्छ । नेपालको संविधानअनुसार अब प्रदेशसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस संसदीय दलका नेता मुख्यमन्त्री बन्ने प्रावधान छ । कांग्रेस संसदीय दलको नेता कमलबहादुर शाह छन् ।

त्रिपन्न सदस्यीय प्रदेशसभामा कांग्रेसका १९, नेकपा (माओवादी केन्द्र)का सभामुखबाहेक १०, एमालेका १०, नाउपाका सात, नेकपा (एकीकृत समाजवादी)का चार, राप्रपाका एक र एक स्वतन्त्र सदस्य छन् ।