७ पुष २०८२, सोमबार
,
Latest
अन्तरविद्यालय डिआइजिपी रनिङ फुटबलको तयारी पूरा ‘चियाको चुस्कीभन्दा चुनावी गफ मिठा’ सामुदायिक वनका उपभोक्ताहरुलाई आगो निभाउने सामग्री सबै मिलेर अगाडि बढे कसैले शान्ति बिथोल्न सक्दैन, समयमै निर्वाचन हुन्छः प्रधानमन्त्री कार्की यु–१९ गल्र्स बास्केटबल लिग उपाधि विजेता भ्याली पब्लिक टोली ‘मिरमिरे’को टाइटल सङमा दयाहाङ, प्रकाश र सिर्जनाबीचको त्रिकोणात्मक प्रेम पर्यटकीय गन्तव्य बन्दै ‘राइनासकोट’ निर्वाचनका लागि आयोग पूर्ण रूपमा तयार छः कार्यवाहक प्रमुख आयुक्त भण्डारी बुटवल–गोरुसिङ्गे सडक आयोजनाः नदीजन्य सामग्री अभावले काम प्रभावित बालेनले दिए मानव अधिकार आयोगमा बयान
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक्सेल्सियर कपमा काष्ठमण्डपलाई दोहोरो उपाधि



अ+ अ-

काठमाडौं । काष्ठमण्डपले नवौं एक्सेल्सियर कपमा बिहीबार दोहोरो उपाधि जितेको छ । काष्ठमण्डप गल्र्स बास्केटबल र यु–१२ ब्वाइज फुटबलमा च्याम्पियन बन्यो ।

स्वयम्भूस्थित आयोजक द एक्सेल्सियर स्कुलको कोर्टमा भएको गल्र्स बास्केटबल फाइनलमा काष्ठमण्डपले संस्कृति इन्टरनेसनल स्कुललाई १९–१८ को झीनो अन्तरले पराजित ग¥यो । काष्ठमण्डपकी हस्ना अर्यालले ८ स्कोर गरिन् ।

यु–१२ ब्वाइज फुटबलको फाइनलमा काष्ठमण्डपले आयोजक एक्सेल्सियरलाई २–१ गोलअन्तरले हरायो । काष्ठमण्डपका लागि दुवै गोल सुप्रिम बोहराले गरे । एक्सेल्सियरका कृष पाण्डेले १ गोल फर्काए ।

यु–१६ ब्वाइज फुटबलमा न्यु इराले उपाधि चुम्यो । न्यु इराले उपाधि भिडन्तमा ग्रिनफिल्ड नेसनल स्कुललाई १–० गोलले पाखा लगायो । न्यु इराका पेम्बा तामाङले निर्णायक गोल गरे ।

सिनियर ब्वाइज बास्केटबलमा स्वर्ण जितेको जेनिथले फाइनलमा रेडिअन्ट पब्लिकमाथि ६८–५८ को जित दर्ता ग¥यो । जेनिथका सुशिल शाहीले ३४ स्कोर गरे ।

सिनियर ब्वाइज बास्केटबलको ब्वाइजमा जेनिथका सुशिल शाही तथा गल्र्समा काष्ठमण्डपकी रिया राई ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । ब्वाइजमा क्लिन्टन तथा गल्र्समा पाठशाला नेपाल फाउन्डेसन अनुशासित टिम बने ।

यु–१६ फुटबलमा न्यु इराकाद्वय पेम्बा तामाङ उत्कृष्ट खेलाडी तथा निरोभ रायमाझी उत्कृष्ट गोलरक्षक चुनिए । श्री सञ्जय साइ अनुशासित टिम ठहरियो । यु–१२ फुटबलमा काष्ठमण्डपका सहज ढकाल उत्कृष्ट खेलाडी तथा एक्सेल्सियरका अन्शुमान वैद्य उत्कृष्ट गोलरक्षक बने । रिब्सले अनुशासित टिमको उपाधि पायो ।

विजेतालाई पूर्व सांसद् गीता राणा, राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान विराज महर्जन, एक्सेल्सियरका प्रबन्ध निर्देक राम बस्नेत, प्रतियोगिता संयोजक महेशमल्ल ठकुरी, एक्सेल्सियरका प्रिन्सिपल प्रशान्त रजकलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । आठदिने प्रतियोगिताको बास्केटबलतर्फ ब्वाइज÷गल्र्समा समान १३–१३ टिम सहभागी थिए । फुटबलको यु–१२ मा १४ तथा यु–१६ मा १६ टिमले भाग लिएका थिए ।