२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

एक्सेल्सियर कपमा काष्ठमण्डपलाई दोहोरो उपाधि

एक्सेल्सियर कपमा काष्ठमण्डपलाई दोहोरो उपाधि
अ अ+ अ-

काठमाडौं । काष्ठमण्डपले नवौं एक्सेल्सियर कपमा बिहीबार दोहोरो उपाधि जितेको छ । काष्ठमण्डप गल्र्स बास्केटबल र यु–१२ ब्वाइज फुटबलमा च्याम्पियन बन्यो ।

स्वयम्भूस्थित आयोजक द एक्सेल्सियर स्कुलको कोर्टमा भएको गल्र्स बास्केटबल फाइनलमा काष्ठमण्डपले संस्कृति इन्टरनेसनल स्कुललाई १९–१८ को झीनो अन्तरले पराजित ग¥यो । काष्ठमण्डपकी हस्ना अर्यालले ८ स्कोर गरिन् ।

यु–१२ ब्वाइज फुटबलको फाइनलमा काष्ठमण्डपले आयोजक एक्सेल्सियरलाई २–१ गोलअन्तरले हरायो । काष्ठमण्डपका लागि दुवै गोल सुप्रिम बोहराले गरे । एक्सेल्सियरका कृष पाण्डेले १ गोल फर्काए ।

यु–१६ ब्वाइज फुटबलमा न्यु इराले उपाधि चुम्यो । न्यु इराले उपाधि भिडन्तमा ग्रिनफिल्ड नेसनल स्कुललाई १–० गोलले पाखा लगायो । न्यु इराका पेम्बा तामाङले निर्णायक गोल गरे ।

सिनियर ब्वाइज बास्केटबलमा स्वर्ण जितेको जेनिथले फाइनलमा रेडिअन्ट पब्लिकमाथि ६८–५८ को जित दर्ता ग¥यो । जेनिथका सुशिल शाहीले ३४ स्कोर गरे ।

सिनियर ब्वाइज बास्केटबलको ब्वाइजमा जेनिथका सुशिल शाही तथा गल्र्समा काष्ठमण्डपकी रिया राई ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । ब्वाइजमा क्लिन्टन तथा गल्र्समा पाठशाला नेपाल फाउन्डेसन अनुशासित टिम बने ।

यु–१६ फुटबलमा न्यु इराकाद्वय पेम्बा तामाङ उत्कृष्ट खेलाडी तथा निरोभ रायमाझी उत्कृष्ट गोलरक्षक चुनिए । श्री सञ्जय साइ अनुशासित टिम ठहरियो । यु–१२ फुटबलमा काष्ठमण्डपका सहज ढकाल उत्कृष्ट खेलाडी तथा एक्सेल्सियरका अन्शुमान वैद्य उत्कृष्ट गोलरक्षक बने । रिब्सले अनुशासित टिमको उपाधि पायो ।

विजेतालाई पूर्व सांसद् गीता राणा, राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान विराज महर्जन, एक्सेल्सियरका प्रबन्ध निर्देक राम बस्नेत, प्रतियोगिता संयोजक महेशमल्ल ठकुरी, एक्सेल्सियरका प्रिन्सिपल प्रशान्त रजकलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । आठदिने प्रतियोगिताको बास्केटबलतर्फ ब्वाइज÷गल्र्समा समान १३–१३ टिम सहभागी थिए । फुटबलको यु–१२ मा १४ तथा यु–१६ मा १६ टिमले भाग लिएका थिए ।