१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीलाई विधेयक हस्तान्तरण

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीलाई  विधेयक हस्तान्तरण
अ अ+ अ-

काठमाडौं । निर्माणमुखी केही सामाग्रीको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र फोहरमैला व्यवस्थापन सम्बन्धी कानूनलाई व्यवस्था गर्न बनेको विधेयकको मस्यौदा तयार भएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र नेपाल कानून समाजको संयुक्त विज्ञ टोलीले विधेयकहरु तयार पारेको हो । तयार पारिएको बिधेयक नेपाल कानून समाजको अध्यक्ष तथा पूर्व मुख्य सचिव तिर्थमान शाक्य र नेपाल कानून समाजका कार्यकारी सदस्य तथा निवर्तमान नेपाल कानून आयोगका अध्यक्ष माधव पौडेलले मन्त्री अमनलाल मोदीलाई हस्तान्तरण गर्नुभएको छ ।

नेपालको संविधान बमोजिम संघीय सरकारले र संघीय संसदले बनाउनुपर्ने कानून बमोजिम उक्त दुईवटा विधेयक मन्त्रालयको नेतृत्वमा विज्ञहरुबाट मस्यौदा तयार गरी संघ, प्रदेश र स्थानीय स्तरका सरोकारवालाहरुको विस्तृत सुझावको आधारमा तयार गरिएको उक्त विधेयकहरुमा स्थानीय सरकारले कार्यान्वयन गर्ने, प्रदेश सरकारले समन्वय गर्ने र संघले सहजीकरण गर्ने गरी व्यवस्था गरिएको छ ।

उक्त हस्तान्तरण कार्यक्रममा मन्त्री मोदीले विधेयकहरु जरुरी भएको र प्राप्त विधेयकलाई मन्त्रालयमा छलफल गरी आगामी सदनमा पेश गर्ने प्रतिबद्धता जाहेर गर्नुभयो । विधेयकहरु संसदमा पेश भएपछि पनि नेपाल कानून समाजको बौद्धिक सहयोग आवश्यक पर्ने विचार राख्नुभयो ।

नेपाल कानून समाजका अध्यक्ष तिर्थमान शाक्य र कार्यकारी सदस्य माधव पौडेलले उक्त विधेयकहरु अति जरुरी भएको हुँदा आगामी संसदमा नै पेश गर्न मन्त्रीलाई अनुरोध गर्दै नेपाल कानून समाज उक्त विधेयकहरु अन्तिम नभएसम्म निरन्तर सहयोग गर्न तयार रहेको विचार राख्नुभयो । कार्यक्रममा मन्त्रालयका सहसचिव श्री रुद्र सिंह तामाङ र नेपाल कानून समाजका कार्यकारी निर्देशक श्री कृष्णमान प्रधानले विधेयकको विशेषता बारेमा जानकारी गराउनुभयो ।