१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव

रविको पासपोर्टबारे प्रमाण संकलन सुरु

रविको पासपोर्टबारे प्रमाण संकलन सुरु
फाईल फोटो
अ अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको पासपोर्टमाथि अनुसन्धान सुरु भएको छ । सरकारी वकिलको कार्यालय काठमाडौँले आफूकहाँ पेश भएका जाहेरीका आधारमा एकसाथ तीन निकायबाट कागजात मगाएर अनुसन्धान सुरु गरेको छ ।

कार्यालयले युवराज पौडेल सफलले दिएको जाहेरीका आधारमा सत्यता के हो, जाहेरीमा उल्लेख भएअनुसार सत्यता हो कि होइन भन्नेबारे जिल्ला प्रशासन कार्यालय, अध्यागमन विभाग र राहदानी विभागमा लामिछानेको विस्तृत विवरण मगाउने निर्णय गरेको छ ।

कार्यालयका अनुसार तीनवटै निकायबाट प्रमाण संकलन भएर पुष्टि भएपछि मात्र जाहेरी दर्ताका लागि जिल्ला प्रहरी परिसर काठमाडौँमा पठाइनेछ ।

निवर्तमान गृहमन्त्री लामिछाने विरुद्धको जाहेरी दर्ता लिन जिल्ला प्रहरी परिसर काठमाडौँले अस्वीकार गरेको थियो । त्यसपछि युवराज पौडेल सफलले सरकारी वकिलको कार्यालय काठमाडौँमा जाहेरी पेश गरेका थिए । सरकारी वकिलको कार्यालयले जाहेरीमा उल्लिखित व्यहोरासँग सम्बन्धित कागजात र अन्य विवरण मगाएको हो ।

सुरुमा लामिछानेले विसं २०५० फागुन १० गते जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट नागरिकताको प्रमाणपत्र लिनुभएको थियो । अमेरिका गएपछि उहाँले सन् २०१४ फेब्रुअरी २१ (विसं २०७० फागुन ९ गते) अमेरिकाको नागरिकता लिनुभएको थियो । अमेरिकाको नागरिकता लिएर नै सन् २०१५ मे ११ (विसं २०७२ वैशाख २८ गते) उहाँले नेपाल फर्किएर जेठ १३ मा नेपाली पासपोर्ट लिनुभएको थियो । उहाँले नेपाल फर्कँदा अमेरिकाको नागरिकता त्याग्नुभएको थिएन ।

यही माघ १३ गते सर्वोच्च अदालतले विदेशको नागरिकता लिनेहरुको नेपाली नागरिकता कायम नरहने भनी व्याख्या गरेको थियो । सो हिसाबले उहाँको नेपाली नागरिकता मान्य भएको थिएन । तर उहाँले सोही पुरानो नेपाली नागरिकताका आधारमा नेपाली पासपोर्ट लिएकाले उहाँमाथि झुटो विवरण पेश गरेको आरोप लागेको हो ।