• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   भेडीगोठले बुकीमा चहलपहल, बेंसी सुनसान ★   एसिया कप खेल्ने नेपाली टोलिको घोषणा ★   मनीताले पेरिस ओलम्पिक खेल्ने ★   इच्छाकामना गाउँपालिकाद्वारा तीनवटा कृषि एम्बुलेन्स सञ्चालन ★   अन्य थप ऐन संशोधनलाई प्राथमिकता दिन काँग्रेसलाई निजी क्षेत्रको सुझाव ★   नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउन उपकरण ★   कला, संस्कृतिसहितको पहिचान नै भावी पुस्ताको महत्वपूर्ण सम्पत्ति होः राष्ट्रपति पौडेल ★   स्वस्तिमा–साम्राज्ञीको अभिव्यक्ति गैर जिम्मेवारपूर्णः चलचित्र कलाकार संघ ★   नेपाल आँखा अस्पतालमा स्वास्थ्य बीमा सेवा लागू हुने ★   एकीकृत समाजवादीको अध्यक्षमा झलनाथ खनालले घनश्यामलाई सहयोग गर्ने

रविको पासपोर्टबारे प्रमाण संकलन सुरु



फाईल फोटो

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको पासपोर्टमाथि अनुसन्धान सुरु भएको छ । सरकारी वकिलको कार्यालय काठमाडौँले आफूकहाँ पेश भएका जाहेरीका आधारमा एकसाथ तीन निकायबाट कागजात मगाएर अनुसन्धान सुरु गरेको छ ।

कार्यालयले युवराज पौडेल सफलले दिएको जाहेरीका आधारमा सत्यता के हो, जाहेरीमा उल्लेख भएअनुसार सत्यता हो कि होइन भन्नेबारे जिल्ला प्रशासन कार्यालय, अध्यागमन विभाग र राहदानी विभागमा लामिछानेको विस्तृत विवरण मगाउने निर्णय गरेको छ ।

कार्यालयका अनुसार तीनवटै निकायबाट प्रमाण संकलन भएर पुष्टि भएपछि मात्र जाहेरी दर्ताका लागि जिल्ला प्रहरी परिसर काठमाडौँमा पठाइनेछ ।

निवर्तमान गृहमन्त्री लामिछाने विरुद्धको जाहेरी दर्ता लिन जिल्ला प्रहरी परिसर काठमाडौँले अस्वीकार गरेको थियो । त्यसपछि युवराज पौडेल सफलले सरकारी वकिलको कार्यालय काठमाडौँमा जाहेरी पेश गरेका थिए । सरकारी वकिलको कार्यालयले जाहेरीमा उल्लिखित व्यहोरासँग सम्बन्धित कागजात र अन्य विवरण मगाएको हो ।

सुरुमा लामिछानेले विसं २०५० फागुन १० गते जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट नागरिकताको प्रमाणपत्र लिनुभएको थियो । अमेरिका गएपछि उहाँले सन् २०१४ फेब्रुअरी २१ (विसं २०७० फागुन ९ गते) अमेरिकाको नागरिकता लिनुभएको थियो । अमेरिकाको नागरिकता लिएर नै सन् २०१५ मे ११ (विसं २०७२ वैशाख २८ गते) उहाँले नेपाल फर्किएर जेठ १३ मा नेपाली पासपोर्ट लिनुभएको थियो । उहाँले नेपाल फर्कँदा अमेरिकाको नागरिकता त्याग्नुभएको थिएन ।

यही माघ १३ गते सर्वोच्च अदालतले विदेशको नागरिकता लिनेहरुको नेपाली नागरिकता कायम नरहने भनी व्याख्या गरेको थियो । सो हिसाबले उहाँको नेपाली नागरिकता मान्य भएको थिएन । तर उहाँले सोही पुरानो नेपाली नागरिकताका आधारमा नेपाली पासपोर्ट लिएकाले उहाँमाथि झुटो विवरण पेश गरेको आरोप लागेको हो ।