१५ भाद्र २०८३, सोमबार
,
Latest
‘भोटेकोशी बाढीबारे समयमै पूर्वसूचना दिन पाएको भए अझ धेरैको ज्यान जोगाउन सकिन्थ्यो’: बाढीविद् पराजुली रसुवा बाढीबारे छलफल गर्न कांग्रेस संसदीय दलको बैठक विदुर–चोगटे–सरमथली–जिरोकिलो हुँदै रसुवा जोड्ने सडक स्तरोन्नति रसुवा बाढी प्रकरणः ‘मेरो श्रीमान कहाँ हुनुहुन्छ ?’ सेनाद्वारा सात सयभन्दा बढी तीर्थयात्रीलाई स्वास्थ्य सेवा उपलब्ध तनहुँ सेवा समाज यूएईद्वारा दुई लाख सहयोग झण्डै दुई महिनापछि मेची राजमार्गमा यातायात सेवा सञ्चालन भोटेकोशी बाढीः त्रिवि शिक्षण अस्पतालमा ९४ शव प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा रकम दाखिला सुनको मूल्य तोलामा २ हजार ४०० रुपैयाँले घट्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

रञ्जिताको अडान– सुदूरपश्चिमका मुख्यमन्त्रीलाई विश्वासको मत दिन्नौ



अ+ अ-

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावललाई विश्वासको मत नदिने भएको छ । नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले आफूहरुको माग सम्बोधन नहुने भएपछि विश्वासको मत नदिने निर्णय गरिएको बताउनुभयो ।

मुख्यमन्त्री रावलले आज प्रदेशसभाको बैठकमा विश्वासको मत लिने कार्यक्रम छ । सरकार गठन गर्नेबेला अन्तिम समयमा सहयोग गरेको नाउपाले विश्वासको मत भने नदिने बताएको छ ।

मुख्यमन्त्री रावलले बुधबार नै विश्वासको मत लिने कार्यसूची थियो तर नाउपाले विश्वासको मत नदिने बताएपछि प्रदेशसभाको बैठक स्थगित गरेर नेकपा (एमाले) का नेताहरुले नाउपाका नेताहरुसँग छलफल गरेका थिए । बुधबार पनि कुनै सहमति हुनसकेको थिएन ।

मुख्यमन्त्री रावलले प्रदेशसभाबाट विश्वासको मत हासिल गर्न नसकेको अवस्थामा उहाँ स्वतः पदमुक्त हुनुहुनेछ । उहाँ पदमुक्त भएसँगै संविधानको धारा ६८ (३) अनुसार प्रदेशसभामा सबैभन्दा ठूलो दलको हैसियतमा नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठन गर्ने मार्ग प्रशस्त हुनेछ ।