५ पुष २०८२, शनिबार
,
Latest
बालविवाह रोक्न अभिभावक सक्रिय उपाधि भिडन्तमा एपिएफको खराब प्रदर्शन युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी इरान प्रवेश गर्ने क्रममा तीन अफगानी नागरिकको चिसोका कारण मृत्यु काम गर्ने कम्पनीलाई समयमै भुक्तानी दिइने मुख्यमन्त्री पाण्डेको प्रतिबद्धता कुलमानको कुरा: भाषण होईन नतिजा दिने राजनीति गर्न मैदानमा आएका हौँ आम नागरिकले बुझ्नसक्ने कानून निर्माण गर्न जरुरी: पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ पारिवारिक कथामा आधारित ‘माया मर्दैन’ सार्वजनिक अनि रविका आँखा रसाए… मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतमा ३० हजार भन्दा बढी  कोरोनाका नयाँ सङ्क्रमित



अ+ अ-

नयाँदिल्ली । भारतमा पछिल्लो २४ घण्टामा ३० हजार ७५७ जना कोरोनाका नयाँ सङ्क्रमित थपिएका सरकारी अधिकारीहरुले  बिहीबार बिहान जानकारी दिएका छन् । यसैसँगै भारतमा कोरोना सङ्क्रमण शुरु भएयता हालसम्म चार करोड २७ लाख ५४ हजार ३१५ जना सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य मन्त्रालयले बिहीबार जनाएको छ  । 

सोही अवधिमा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या भने ६७ हजार ५३८ रहेको छ । एउटै अवधिमा कोरोनाभाइरसबाट नयाँ सङ्क्रमित भएकाहरुको सङ्ख्या भन्दा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या धेरै रहेकाले सक्रिय सङ्क्रमितहरुको सङ्ख्या घट्दै गएको छ । भारतमा कोरोनाका चार करोड १९ लाख १० हजार ९८४ जना सङ्क्रमण मुक्त भएका छन् ।  
 
अधिकारीहरुका अनुसार, भारतमा अहिले कोरोनाभाइरसबाट सक्रिय सङ्क्रमितको सङ्ख्या तीन लाख ३२ हजार ९१८ रहेको छ । गत २४ घण्टामा मात्र ३७ जना  ३२२ जना सक्रिय सङ्क्रमित घटेका पनि समाचारमा जनाइएको छ । 

कोरोनाभाइरसका कारण भारतमा पछिल्लो एक दिनमा ५४१ जनाको मृत्यु भएको पनि मन्त्रालयका अधिकारीहरुले जनाएका छन । यससँगै भारतमा कोरोना सङ्क्रमणको कारण हालसम्म पाँच लाख १० हजार ४१३ जनाको मृत्यु भइसकेको समाचारमा जनाइएको छ । (रासस/ सिन्ह्वा)