२४ भाद्र २०८३, बुधबार
,
Latest
युलेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २० लाख रुपैयाँ हस्तान्तरण पाकिस्तानको सिन्धमा सडक दुर्घटनाः छ जनाको मृत्यु, १८ घाइते रसुवाका बाढीपीडितलाई पत्रकार सोनुकुमार दासको राहत सहयोग जापानको प्रमुख विपक्षी दल आठ महिनामै विघटन ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता मन्त्री चौधरी र सचिव डा मिश्रबीच कार्यसम्पादन करार सम्झौता परिवारका ६ जना बाढीमा हराएको पीडामा सावित्री : अब जीवन कहाँबाट सुरु गर्ने ? चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता राहदानी आवेदनका लागि तोकिएको समयमा उपस्थित हुन विभागको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

विनाशकारी भूकम्पपछि टर्की र सिरियालाई लियोनेल मेस्सीद्वारा ३५ लाख युरो सहयोग



अ+ अ-

काठमाडौँ । फुटबल खेलाडी लियोनल मेस्सीले सिरिया र टर्कीमा ३५ लाख युरो बराबरको मानवीय सहायता वितरण गरेका छन् ।

टर्कीका सञ्चारमाध्यमका अनुसार उनले आफ्नो फाउण्डेशन ‘लियो मेस्सी फाउन्डेसन’ लाई भूकम्प पीडितका लागि सहयोग गर्न आग्रह गरेका छन् ।

लियो मेस्सी फाउन्डेसन एउटा पारिवारिक फाउन्डेसन हो जसले विश्वभरका बालबालिकाको स्वास्थ्य र शिक्षाको ख्याल राख्छ र लियोका जेठा भाइ म्याटियासले युनिसेफसँगको साझेदारीमा गतिविधिहरू आयोजना गर्छन्।

टर्कीमा सोमबारको भूकम्पबाट टर्की र सिरियामा मृत्यु हुनेको संख्या १५ हजार पुगेको छ ।

स्थानीय समय अनुसार सोमबार बिहान ४ बजेपछि ७.८ म्याग्निच्युडको भूकम्प गजियनटेप प्रान्तको नुरदागीबाट २३ किलोमिटर पूर्वमा २४.१ किलोमिटर गहिराइमा रहेको थियो ।