• ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
  •   Unicode
Logo
Latest
★   अमेरिकाको न्यूयोर्कमा नेपाल डे परेड गरिँदै ★   नेपाल प्रहरीका चार एसएसपी डिआइजी बढुवामा सिफारिस ★   गौतम गम्भीर भारतको मुख्य प्रशिक्षक बन्न लागेका हुन् ? ★   सत्तापक्ष पछि हट्दै, कांग्रेस पनि गल्दै, आज सहमतिको संकेत ★   गोरखामा पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मुत्यु ★   इन्टरपोलमार्फत युएईबाट पक्राउ परेका दुईजनालाई नेपाल ल्याइयो ★   लखनउ जितको बावजुद प्लेअफ दौडबाट बाहिर, मुम्बई लगातार दोस्रो सिजन पुछारमा रह्यो ★    गरिमा शर्मा र विमल अधिकारी रिटिङ रिटिङ मा ★   ‘ॐ’ ब्रह्माण्डीय आवाज ★   गृहले दियो अध्यागमन विभागलाई अधिकार, गैर आवासीय अध्ययन भिसा र भिसा दस्तुरमा छुट दिन सक्ने

विद्यार्थीलाई जबर्जस्ती करणी गर्ने शिक्षक पक्राउ



रुपन्देही । रुपन्देहीको देवदहमा विद्यार्थीलाई जबर्जस्ती करणी गर्ने शिक्षक पक्राउ परेका छन् । विद्यार्थीलाई सिकाइदिने बहानामा होटलमा लगेर जबर्जस्ती करणी गरेको आरोपमा शिक्षक पक्राउ परेका हुन् ।

जबर्जस्ती करणी गरेको अभियोगमा उजुरी परेपछि बुधवार प्रहरीले देवदह नगरपालिकाका ७ शितलनगरका ३६ वर्षीय मोहन गुरुङलाई पक्राउ गरेको हो ।

प्रहरीले दिएको जानकारी अनुसार गुरुङले माघ २० गते शुक्रवार देवदहको ढेकारस्थित होटलमा १६ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेका थिए । जबर्जस्तीपछि किशोरीका अभिभावकले प्रहरीमा जबर्जस्ती करणीविरुद्ध उजुरी दिएका थिए । उजुरीपछि फरार रहेका शिक्षक गुरुङलाई प्रहरीले बुधवार दिउँसो पक्राउ गरेको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।