१९ मंसिर २०८२, शुक्रबार
,
Latest
प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

पार्वती गुफालाई साढे चार रोपनी जग्गा निःशुल्क



अ+ अ-

पर्वत । पर्वतको कुश्मा नगरपालिका–१ र २ पाङ र खुर्कोटको सङ्गमस्थलमा रहेको प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल पार्वती गुफाको भौतिक संरचना विस्तारका लागि स्थानीयवासीले जग्गा दान गरेका छन् ।

गुफा परिसरमा जग्गादाताले चार रोपनी, छ आना, तीन पैसा एक दाम जग्गा निःशुल्करूपमा प्रदान गरेका छन् । स्थानीय समाजसेवी हरि शर्मा, रविलाल शर्मा, जनकराज पौडेल र श्यामप्रसाद पौडेलले उक्त जग्गा दान गर्नुभएको हो । हरिले एक रोपनी पाँच आना, रविलालले एक रोपनी चार आना, एक पैसा तीन दाम, जनकराजले १४ आना दुई पैसा तीन दाम र श्यामप्रसादले १४ आना दुई पैसा तीन दाम जग्गा पार्वती गुफा संरक्षण तथा पर्यटन क्षेत्र विकास समितिलाई प्रदान गर्नुभएको हो ।

पूर्वाधार विस्तारका लागि जग्गा अभाव भएपछि स्थानीयवासीले निःशुल्करूपमा उपलब्ध गराएको वडा नं २ का अध्यक्ष श्यामकृष्ण बाँस्तोलाले जानकारी दिनुभयो । उक्त जग्गा बुधबार मालपोत कार्यालय पर्वतबाट समितिको नाममा पास गरिएको छ । प्राप्त भएको जग्गामा सत्तल, मठमन्दिर, विभिन्न मूर्ति, बगैँचालगायत पूर्वाधार निर्माण गरिने छ । गुफाको पूर्वाधार विकासका लागि बहुवर्षे योजनाका रूपमा गण्डकी प्रदेश सरकारमार्फत रु दुई करोड रकम विनियोजन भएको छ ।

पाङमा हिमालय पुत्री पार्वती जन्मेको विश्वास गरिएका कारण पर्वती जन्मेको ठाउँ, तपस्या गरेको पार्वती गुफा र पार्वती खेल्ने पार्वतीचौरलगायत क्षेत्र छन् । पाङको खरिबोटमा पार्वती जन्मेको विश्वास गरिएको जमिनमा मन्दिर बनाइएको छ भने खुर्कोट र पाङको सिमानामा पार्वतीले तपस्या गरेको विश्वास गरिएको पार्वती गुफा छ । यी क्षेत्रलाई समावेश गरी ‘पार्वतीधाम’को रुपमा विकास गर्ने योजना अघि बढाइएको समितिले जनाएको छ । रासस