• १६ असार २०८१, आईतवार
  •      Sun Jun 30 2024
  •   Unicode
Logo
Latest
★   पाहुना चरालाई वार्षिक ५० लाखको माछा खुवाउँदै रुपाताल ★   नाइजेरियामा बम विस्फोट हुँदा १८ को मृत्यु, ४८ घाइते ★   ‘मीरा: स्याडो अफ अ रेन्बो’को सामाजिक प्रदर्शनी गरिने, पहिलो प्रदर्शनी पोखरामा हुँदै ★   टी–२० विश्वकप २०२४ मा कसले कुन अर्वाड पाए ? ★   पहिरोमा परी घाइते भएका लिम्बूको हेलिकप्टरमार्फत उद्धार ★   सुदूरपश्चिमका मुख्यमन्त्रीले फुटाए चार मन्त्रालय ★   प्रधानमन्त्री मोदीले सन्यास लिएका कोहलीलाई फोन गरेर के भने ? ★   पहिरोले गाईघाट–दिक्तेल सडक अवरुद्ध ★   ‘कलेजी कटाउन्या माया’ नयाँ भर्जनमा ★   किष्ट अस्पतालमा दुई कलेजो क्यान्सर बिरामीको कलेजो प्रत्यारोपण

टर्की भूकम्पः १५ हजार बढीको मृत्यु



एजेन्सी । टर्कीको पूर्वी भाग र छिमेकी सिरियामा सोमबार भएको भूकम्पमा परी हालसम्म १५ हजार जनाको मृत्यु भएको छ ।

हालसम्म १३ हजार जनाको टर्कीमा र करिब दुई हजार जनाको सिरियामा मृत्यु भएको दुवै देशका सरकारी अधिकारीहरूले बताएका छन् । टर्कीमा मात्र ४० हजारभन्दा बढी घाइते भएका छन् । प्रतिकूल मौसमका कारण खोज तथा उद्धारमा अवरोध भएको छ । यद्यपि उद्धारकर्मीहरू भग्नावशेषमा पुरिएकाहरूको खोजीमा जुटेका छन् ।

करिब छ हजार भवन भत्केकाले ज्यान गुमाउनेको सङ्ख्या बढ्ने प्रभावित क्षेत्रमा खटिएका उद्धारकर्मी र चिकित्सकले बताएका छन् । उद्धार तथा राहतको अनुगमन एवम् समन्वय गरिरहेका संयुक्त राष्ट्रसङ्घका अधिकारीहरूले २० हजार मानिस हताहत भएका अनुमान गरेका छन् । भूकम्पबाट अति प्रभावित १० प्रान्तमा तीनमहिने आपत्काल घोषणा गरिएको छ ।

अन्तर्राष्ट्रिय समुदायले टर्कीए र सिरियामा राहत सामग्रीसहित उद्धारकर्मी परिचालन गरेको छ । बेलायतका नवनियुक्त सत्तारुढ कञ्जरवेटिभ पार्टीका अध्यक्षले टर्कीएको अनुरोधअनुसार थप सहायता उपलव्ध गराउने बताएका छन् ।

युरोपेली सङ्घ, रुसी महासङ्घ, इजरायल, चीन, भारत, पाकिस्तान, ग्रीस, जर्मनी, लेबनान, दक्षिण कोरिया, जापान, अष्ट्रेलियाले पनि आफ्नो सामथ्र्यअनुसार आर्थिक एवम् भौतिक सहायता उपलव्ध गराएका छन् । इजरायल, चीन र भारतले चिकित्सक, इञ्जिनियर र भारी उपकरणका साथ उद्धारकर्मी परिचालन गरेका छन् ।

फोटो- एफपी /रासस