९ भाद्र २०८३, मंगलवार
,
Latest
सत्य र तथ्यको आधारमा पत्रकारिता गर्नुपर्छः मुख्यमन्त्री कार्की कर प्रणालीमा सुधारः सात दिनभित्र भ्याट विवरण सच्याउन पाइने, ईटीडीएसमा कडाइ माटो सुधार योजनालाइ प्राथमिकतामा राखेर काम गरिरहेका छौँः कृषिमन्त्री चौधरी आन्तरिक राजश्व विभागद्वारा करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा १५औँ महाधिवेशन रोक्न देउवा समूह सर्वोच्चमा, ११ भदौमा पेसी हर्मुजमा छ महिनामा ६८ समुद्री घटना सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छ : सञ्चारमन्त्री तिमिल्सिना पुरुष क्रिकेटः मलेसियाले नेपाललाई दियो २३३ रनको लक्ष्य कांग्रेसको विवाद समाधान महाधिवेशन रोक्नु होइन, विश्वसनीय बनाउनु हो : देवराज चालिसे फोहोर र मान्छे एकै ठाँउमा राख्न मिल्दैन, यसमा संघीय सरकार गम्भिर बन्नुपर्छः मेयर महर्जन
तपाईं के खोज्दै हुनुहुन्छ ?

यसरी बनाउनुहोस् छालालाई स्वस्थ र सुन्दर, अप्नाउनुहोस् घरेलु उपाय



अ+ अ-

काठमाडौं । तपाईको सुत्ने समय निश्चित छैन भने त्यसलाई निश्चित बनाउने प्रयास गर्नुहोस् । कम्तीमा ८ घन्टा अनिवार्य सुत्ने गर्दा राम्रो हुन्छ । सुत्नुपूर्व क्लिन्जिङ, टोनिङ र मोस्चराइजिङ गर्दा राम्रो हुन्छ । हातखुट्टालाई सफा गरी क्रिम प्रयोग गर्दा राम्रो हुन्छ ।

व्यायाम:  छालालाई स्वस्थ बनाउन कम्तीमा एक घन्टा व्यायाम गर्नुपर्छ । यसबाट रौँछिद्रलाई अक्सिजन प्राप्त हुन्छ, रक्तसञ्चार बढ्छ र तुरुन्त इनर्जी प्राप्त हुन्छ । रौँछिद्रबाट अनावश्यक टक्सिन बाहिर निस्किन्छ । पसिना निस्किनाले छालाको डिप क्लिन्जिङ पनि हुन्छ । त्यसैगरी, व्यायाम गर्दा र अन्य समय गरी ८–९ गिलास पानी पिउनुहोस् । साथै, प्रशस्त मात्रामा फलफूल सेवन गर्नुहोस् ।

स्वस्थकर खाना : कीटनाशक एवं रासायनिक मल प्रयोग गरी उब्जाइएको तरकारीबाट टाढा रहनुपर्छ । सागसब्जीलाई आधा घन्टा पानीमा भिजाएर त्यसबाट कीटनाशक औषधिको प्रयोग कम गरी पकाउनुपर्छ । कम खाने र तीनपटक मुख्य आहार लिनुको साटो ६ पटक खाना खानु बढी लाभदायक हुन्छ । स्लिम हुन जे मन लाग्यो त्यही खानुबाट जोगिनुपर्छ । आइरन, भिटामिन बी र सी, जिंक, भिटामिन एयुक्त पौष्टिक खाना खानुपर्छ । जंकफुडबाट टाढा रहनुपर्छ । फाइबरयुक्त खानाले पेटलाई सफा राख्छ र छालामा चमक प्रदान गर्छ । लौका, खरबुजा, लिची, काँक्रो, सागपात आदि जसमा पानीको मात्रा बढी हुने गर्छ, त्यो लाभदायक हुन्छ ।

यी कुरा पनि अपनाऔँ :

कम्तीमा ८ घन्टाको निद्रा
एक घन्टाको व्यायाम
धुम्रपानरहित जीवन
थोरै पनि समस्याका लागि एलोपेथिक औषधिको साटो आयुर्वेदिक औषधिको प्रयोग गर्नु
बढीभन्दा बढी अर्गानिक फुडको प्रयोग
तनावमुक्त हुने र खुसी जीवनको प्रयास
पर्याप्त मात्रामा पानी तथा तरल पदार्थको सेवन
सन्तुलित आहार 
(एजेन्सीको सहयोगमा)