१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा

मस्यौदा समिति बैठकः सांसदहरुको राजीनामाबारे मतभिन्नता

मस्यौदा समिति बैठकः सांसदहरुको राजीनामाबारे मतभिन्नता
अ अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभा सदस्यले आफ्नो पदबाट राजीनामा दिदाँ सभामुखसमक्ष सनाखत गर्ने कि नगर्ने भन्ने विषयमा प्रतिनिधि सभा सदस्यहरुको मत बाझिएको छ ।

बुधवार सिंहदरबारमा बसेको प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको बैठकमा प्रतिनिधि सभा सदस्यको राजीनामाको व्यवस्था सम्बन्धी छलफलका क्रममा राजीनामा दिने सांसदले सभामुख समक्ष सनाखत गर्ने कि नगर्ने भन्ने सम्बन्धमा प्रतिनिधि सभा सदस्यहरुको मत बाझिएको हो । बैठकमा बोल्दै समिति सदस्य सुवासचन्द्र नेम्वाङले विगतको अभ्यास सनाखत गर्ने रहेको बताउनु भयो ।

उहाँले संविधानमा भने राजीनामा दिएपछि स्वीकृत या सनाखत नगरी सो पद रिक्त हुने व्यवस्था भएको पनि उल्लेख गर्नुभयो । कसैले सनाखत गर्ने गरेको र कसैले सनाखत नगर्ने गरेको भन्दै उहाँले यो दुवै दृष्टान्तलाई हेरेर उपयुक्त व्यवस्था गर्नुपर्नेे बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘हाम्रो विगतको अनुभव र अभ्यासले सनाखत गरेको हो । कहिलेकाहीँ के देखिएको छ त भन्दा राजीनामा आउने तर पछि सनाखत गर्न आउनुस् भन्दा त्यसबाट उहाँ पछाडी फर्किने । हाम्रो संविधानले राजीनामा दिएमा रिक्त हुन्छ भनेको छ । अरु केही पनि गर्नुपर्दैन । स्वीकृत पनि गर्नुपर्दैन । केही पनि गर्नुपर्दैन । लिखित राजीनामा दियो कि सिद्धियो । स्थिति त्यो छ । त्यसकारण एउटा यो पार्टलाई पनि हेर्नुप¥यो यो भाषाले बोक्ने गरेर । कुनै माननीयले आएर मैले राजीनामा गरेँ भनेर तपाई यसमा सनाखत गर्नुहुन्छ त भनेर सभामुखले भन्दा मैले राजीनामा गरेको हुँ भनेर सनाखत गरिदिनुहुन्छ । सनाखतले बोक्यो । यो सबै परिदृश्यलाई मिल्ने गरेर भाषा मिलाउँ ।’

बैठकमा बोल्दै समिति सदस्य प्रदीप यादवले आफूहरुको हस्ताक्षरको दुरुपयोग गर्दै राजीनामा बुझाउन सक्ने भन्दै स्वयं व्यक्तिले सनाखत गर्ने व्यवस्था गर्नुपर्ने बताउनु भयो । उहाँले भन्नुभयो – ‘हामी राजनीतिकर्मी । हाम्रो हस्ताक्षर धेरै ठाउँमा गरेको हुन्छ । त्यो लगेर बुझाइदियो भने बाटो बाटै सांसद गइहाल्छ । त्यसकारण सम्बन्धित माननीयज्यु आएर हस्ताक्षर ग¥यो भने त्यो ठिक हुन्छ ।’

समितिसदस्य प्रेम सुवालले भने लिखित राजीनामा गरिसकेपछि सनाखत गरिरहनु आवश्यक नभएको तर्क गर्नुभयो । कतिपयले राजीनामा गरेपछि पनि सनाखत अघि बार्गेनिङ गर्ने गरेको भन्दै सनाखत गर्ने व्यवस्था राख्न आवश्यक नरहेको बताउनु भयो । उहाँले राजीनामा दिइसकेपछि स्वतः स्वीकृत गर्ने व्यवस्था गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘उहाँले राजीनामा पेस गरीसकेपछि पनि बाँकी रहन्छ ? सनाखत होस् या नहोस् पेस गरिसकेपछि सनाखत गर्न आउने जसले राजीनामा ग¥यो उहाँको इच्छाको कुरा । सनाखत नै गर्दिन मैले राजीनामा दिएँ भनेपछि बार्गेनिङ ? करोडौँ रुपैयाँ लिएको पनि भेटिएको छ राजीनामा दिएर सनाखत नगरी । राजीनामा दिइसकेपछि सनाखत भएन भन्न मिल्दैन । राजीनामा दिनेले सनाखत गर्ने हो । नगरे सकियो ।’

यसअघि सांसदहरुले राजीनामा गरेर बार्गेनिङ गर्ने गरेको तथा सार्वजनिक व्यक्ति भएकाले हस्ताक्षरको दुरुपयोग पनि हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै राजिनामा सम्बन्धी प्रावधानलाई व्यवहारिक बनाउनुपर्नेमा समिति सदस्यहरुले जोड दिएका थिए ।