• ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
  •   Unicode
Logo
Latest
★   काठमाडौँ महानगरपालिकाले जित्यो उपत्यकाव्यापी खुला मेयर कप फुटबल खेल ★   राष्ट्रिय साइकल दौड: प्रकाश र उषा च्याम्पियन ★   सहकारी ठगि प्रकरणमा संसदीय समिति बनाउने सहमति ★   ‘कोपिलाका सुगन्ध’ बजारमा ★   नासाको ‘सुपरसोनिक एक्स–५९’ विमान पहिलो परीक्षण उडानको लागि तयार ★   न्यायालयमा व्यावसायिक सुधारका प्रशस्त प्रयास भएका छन्ः प्रधानन्यायाधीश ★   तनहुँमा पौडी खेल्ने क्रममा डुबेर दुई युवाको मृत्यु ★   संसदको गतिरोधलाई राजनीतिक सङ्कटका रूपमा व्याख्या गर्नु हुँदैनः महामन्त्री शर्मा ★   ललितपुर मेयर कप महिला क्रिकेटः लगातार चौथो पटक एपिएफ च्याम्पियन ★   मच्छिम डाँडामा निर्मित ‘भ्युस्टेसन’ पर्यटकको रोजाइमा

सात दशमलव सोह्र अङ्कले घट्यो नेप्से



काठमाडौँ । मङ्गलबार उच्च अङ्कको वृद्धि देखिएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज बुधबार भने घटेको छ । आज नेप्से परिसूचक सात दशमलव १६ अङ्कले घटेर दुई हजार एक सय ७० दशमलव १८ अङ्कमा कायम भएको हो ।

आज दुई सय ५७ वटा कम्पनीको एक करोड पाँच लाख दुई हजार छ सय ४९ कित्ता शेयर ५५ हजार छ सय दुई पटक खरिदबिक्री हुँदा रु तीन अर्ब ६९ करोड १९ लाख ७२ हजार बराबरको कारोबार भएको छ ।

आज अन्य समूहको उपसूचक सात दशमलव ७५ अङ्कले बढेको छ भने बाँकी सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै जीवन बीमा समूहको उपसूचक ५८ दशमलव ६३ र होटल तथा पर्यटन समूहको उपसूचक ४९ दशमलव ७१ अङ्कले घटेको नेप्सेले जनाएको छ ।

बैंकिङ समूह शून्य दशमलव ७९, विकास बैंक समूह २२ दशमलव ६२, वित्त समूह ३६ दशमलव २५, जलविद्युत् समूह २७ दशमलव ३६ र लगानी समूह शून्य दशमलव १० अङ्कले घटेको छ । त्यस्तै, उत्पादन तथा प्रशोधन समूह ४१ दशमलव ९०, लघुवित्त समूह १६ दशमलव ५७, म्युचुअल फन्ड समूह शून्य दशमलव ०७, निर्जीवन बीमा समूह २८ दशमलव ५४ र व्यापार समूह ११ दशमलव ५० अङ्कले घटेको छ ।

आज सबैभन्दा धेरै तेह्रथुम पावर कम्पनी लिमिटेडका लगानीकर्ताले प्रतिकित्ता तीन दशमलव ३२ प्रतिशतका दरले कमाएका छन् भने सबैभन्दा धेरै गुमाउनेमा आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले प्रतिकित्ता पाँच दशमलव १४ प्रतिशतका दरले गुमाएका छन् ।

आज नेपाल पुनर्बीमा कम्पनीको सबैभन्दा धेरै रु ११ करोड २८ लाख ६८ हजार दुई सय ७१ बराबरको शेयर किनबेच भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने अपी पावर कम्पनी लिमिटेडको तीन लाख ४० हजार पाँच सय ६६ कित्ता शेयर खरिदबिक्री भएको छ ।