११ माघ २०८१, शुक्रबार
,
Latest
व्यवसायी लामामाथि आक्रमण गर्ने थप दुई जना भारतबाट पक्राउ चलचित्र ‘लाज शरणम्’को नयाँ पोस्टर सार्वजनिक टाइगर कप पुरुष तथा महिला भलिबल च्याम्पियनसिप २०२५ एक्सन स्पोर्टस् एच डि १ ले प्रत्यक्ष… कुवामा डुबेर वृद्धाको मृत्यु “अध्यादेशले आर्थिक अधिकारको बाटो खोलेको छ संस्थागत गर्न सबै एकजुट हौँ”– अध्यक्ष केसी ३ अर्ब ४० करोड लगानीमा नोबेलले ल्यायो अत्याधुनिक उपकरणसहितको क्यान्सर उपचार सेवा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको भवन निर्माण नभएपछि जनप्रतिनिधि र स्थानीय आक्रोशित स्याङ्जामा दुई हजार चार सय रोपनीमा आलुखेती सांसद सुमना श्रेष्ठ वीरगन्ज–काठमाडौं यात्रामा, भन्छिन्– के यो देश कहिले पनि नबनाउने हो ? सिद्धबाबा सुरुङमार्गको आज प्रधानमन्त्रीले ब्रेक थ्रू गर्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

टर्की भूकम्पको असरः साढे ३ मिटर सर्‍यो जमिन



अ+ अ-

एजेन्सी । टर्कीमा सोमबार गएका दुईवटा शक्तिशाली भूकम्पका कारण त्यहाँको भौगोलिक अवस्थामा बदलाव आएको छ ।

भूगर्भविदका अनुसार भूकम्पले गर्दा टर्की अवस्थित रहेको टेक्टोनिक प्लेटलाई १० फिट पर सारिदिएको छ । जसका कारण टर्कीको भौगोलिक अवस्थिति नै साढे ३ मिटर सरेको छ ।

वास्तवमा टर्की ३ टेक्टोनिक प्लेटको बीचमा अवस्थित छ । यी प्लेटहरू एनाटोलियन टेक्टोनिक प्लेट, यूरेशियन र अरेबियन प्लेट हुन् ।

विज्ञहरूका अनुसार एनाटोलियन टेक्टोनिक प्लेट र अरेबियन प्लेट एकअर्काबाट २२५ किलोमिटर टाढा सरेका छन् । जसका कारण टर्की आफ्नो भौगोलिक स्थानबाट १० फिट सरेको छ ।

इटालीका भूकम्पविद् डा कार्लो डोग्लियोनीले टेक्टोनिक प्लेटमा भएको परिवर्तनका कारण टर्की सिरियाभन्दा ५ देखि ६ मिटर (लगभग २० फिट) बढी भित्र सरेको हुनसक्ने बताए । उनले भने – यद्यपि प्रारम्भिक तथ्यांकबाट यस्तो जानकारी प्राप्त भएको हो । आगामी दिनहरूमा स्याटेलाइट इमेजबाट सही जानकारी उपलब्ध हुनेछ ।