५ श्रावण २०८३, मंगलवार
,
Latest
उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना
तपाईं के खोज्दै हुनुहुन्छ ?

टर्की भूकम्पको असरः साढे ३ मिटर सर्‍यो जमिन



अ+ अ-

एजेन्सी । टर्कीमा सोमबार गएका दुईवटा शक्तिशाली भूकम्पका कारण त्यहाँको भौगोलिक अवस्थामा बदलाव आएको छ ।

भूगर्भविदका अनुसार भूकम्पले गर्दा टर्की अवस्थित रहेको टेक्टोनिक प्लेटलाई १० फिट पर सारिदिएको छ । जसका कारण टर्कीको भौगोलिक अवस्थिति नै साढे ३ मिटर सरेको छ ।

वास्तवमा टर्की ३ टेक्टोनिक प्लेटको बीचमा अवस्थित छ । यी प्लेटहरू एनाटोलियन टेक्टोनिक प्लेट, यूरेशियन र अरेबियन प्लेट हुन् ।

विज्ञहरूका अनुसार एनाटोलियन टेक्टोनिक प्लेट र अरेबियन प्लेट एकअर्काबाट २२५ किलोमिटर टाढा सरेका छन् । जसका कारण टर्की आफ्नो भौगोलिक स्थानबाट १० फिट सरेको छ ।

इटालीका भूकम्पविद् डा कार्लो डोग्लियोनीले टेक्टोनिक प्लेटमा भएको परिवर्तनका कारण टर्की सिरियाभन्दा ५ देखि ६ मिटर (लगभग २० फिट) बढी भित्र सरेको हुनसक्ने बताए । उनले भने – यद्यपि प्रारम्भिक तथ्यांकबाट यस्तो जानकारी प्राप्त भएको हो । आगामी दिनहरूमा स्याटेलाइट इमेजबाट सही जानकारी उपलब्ध हुनेछ ।