२१ मंसिर २०८२, आईतवार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

आई.एम.ई डिजिटल सोलुसन लिमिटेड र ललितपुर महानगरपालिका बिच सम्झौता



अ+ अ-

काठमाडौँ । आई.एम.ई डिजिटल सोलुसन लिमिटेड र ललितपुर महानगरपालिका बिच एक समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । सम्झौता अनुसार विद्युतिय कर भुक्तानीमा महानगरपालिकाले आई.एम.ई डिजिटल सोलुसन लिमिटेडको मोबाइल वालेट आइएमई पेको प्रयोग गर्ने छ ।

हालै सम्पन्न सम्झौता–पत्र हस्ताक्षर कार्यक्रममा दुई संस्था बिच सो सहमति भएको हो । सम्झौता पत्रमा ललितपुर महानगरपालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत श्री गणेश अर्याल र आइएमई पेको तर्फबाट सहायक महाप्रबन्धक श्री प्रमोदमान सिंह बस्नेतले हस्ताक्षर गर्नुभएको छ ।

सो सेवा आइएमई पे एपमा लाइभ भएपश्चात् ललितपुर महानगरपालिकाका स्थानीय बासिन्दाहरुले स्थानीय सरकारलाई तिर्नुपर्ने कर, जस्तै घर–बहाल कर, सम्पत्ति कर र व्यवसायिक करहरु सजिलै आइएमई पे एपबाट तिर्न सक्नुहुनेछ ।

नेपाल सरकारको घोषित डिजिटल नेपाल अभियानमा स्थानीय तहको सरकारसँग सहकार्य गर्न पाउदा आइएमई पेपरिवार खुशी व्यक्त गर्दछ ।

आइएमई डिजिटलले ‘ आईएमई पे’ ब्रान्ड अन्तर्गत मोबाइल वालेट सेवा उपलब्ध गराउछँ र यसको मद्दतबाट सेवाग्राही आफैले अथवा एजेन्टहरूको सहयोग लिएर मोबाइल मार्फत् विभिन्न किसिमका भुक्तानी सम्बन्धी कार्य गर्न सक्छन् ।