१२ भाद्र २०८३, शुक्रबार
,
Latest
भोटेकोशी बाढी : ११७ विदेशी पर्यटकको उद्दार, कुन देशका कति ? भोटेकोशी बाढीः टिचिङ अस्पतालमा २२ को उपचार हुँदै, २१ बिरामी ‘डिस्चार्ज’ बाढीपहिरो प्रभावितको राहतका लागि एमाले बागमती र राजधानी प्रदेशद्वारा २० लाख सहयोग घोषणा माथिल्लो त्रिशूली–३ ‘ए’ को अन्डरग्राउन्ड पावर हाउसमा फसेका कर्मचारीको उद्धारका लागि उत्खनन तीव्र गैरआवासीय नेपाली संघद्वारा ५ करोडको राहत घोषणा, नुवाकोटका प्रभावित क्षेत्रमा सामग्री वितरण भोटेकोशी बाढीः दिउँसो १२ बजेसम्म ४८९ जनाको शव फेला, दुई हजार ३८१ अझै सम्पर्कविहीन भोटेकोशी बाढी : रुकुम पश्चिमका १५ जना सम्पर्कविहीन आवश्यकता परेको खण्डमा परराष्ट्र मन्त्रालयको च्यानलमार्फत वैदेशिक सहयोग परिचालन गर्छौं– सरकार चीनको सिजाङमा पहिरोः उद्धार टोली अति प्रभावित क्षेत्रमा पुग्यो बाढी–पहिरो पीडितको राहतका लागि प्रवासी नेपाली मञ्चले २० लाख दिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

अख्तियारमा एमाले अध्यक्ष ओलीसहित पाँच नेताविरुद्ध उजुरी



अ+ अ-

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीविरुद्ध उजुरी परेको छ ।

नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियुले बिहीबार तत्कालीन प्रधानमन्त्री ओलीसँगै उहाँको मन्त्रिपरिषदमा रहेका ईश्वर पोखरेल, योगेश भट्टराई, पद्मा अर्याल र भानुभक्त ढकालविरुद्ध उजुरी दर्ता गरेको छ । 

उजुरीकर्ता अनेरास्ववियु बागमती कमिटी प्रदेशका संयोजक दीपक बुढाथोकीले झापा जिल्लास्थित गिरीबन्धु टी स्टेको नाममा बिर्तामोड र अर्जुनधारामा गरी ३०० बिघाभन्दा बढी सट्टापट्टा गर्न ऐन संशोधन गरी नीतिगत भ्रष्टाचार गरेको आरोप लगाएका छन् । 

त्यस्तै कोरोना महामारीको समयमा ओम्नी ग्रुपसँग मिलेमतो गरी स्वास्थ्य सामग्री खरिद प्रक्रियामा तत्कालीन कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसीएमसी) को संयोजक हैसियतमा उपप्रधानमन्त्री पोखरेल र स्वास्थ्यमन्त्री ढकालले करोडौँ रुपैयाँको भ्रष्टाचार गरेको आरोप लगाइएको छ । 

उजुरीमा भिजिट नेपाल २०२० मा विदेशीहरुलाई व्यापकरुपमा भित्र्याउने उद्देश्यले प्रचार प्रसारका लागि भनी राज्यकोषको करोडौँ रकम तत्कालीन पर्यटनमन्त्री भट्टराईले भ्रष्टाचार गरेको आरोप लगाइएको छ ।




भर्खरै