• २१ मंसिर २०८०, बिहीबार
  •      Thu Dec 7 2023
  •   Unicode
Logo
Latest
★   मन्त्रिपरिषद्को बैठक बस्दै ★   चिसोले जमेको पञ्चकुुण्ड तालमा रमाउँदै पर्यटक ★   एनसेल प्रकरण: `अपार करछलि´को गहिरो अनुसन्धान जरुरी : महामन्त्री शर्मा ★   म्यान्चेस्टर युनाइटेडले चेल्सीलाई हरायो ★   एस्टन भिल्लासँग हार्यो म्यान्चेस्टर सिटी ★   प्रमुख अतिथि नपाएर नेपाल बार हैरानीमा ! ★   एनसेल प्रकरण: समिति बनाएर अध्ययन गर्नेकुरा बेकारको नाटक: सभापति लामिछाने ★   एनसेलबारे ४८ घण्टाभित्र धारणा सार्वजनिक गर्न सरकारलाई निर्देशन ★   नक्कली भुटानी शरणार्थी प्रकरण: खाणको निवेदनमा मङ्सिर २८ मा सुनुवाइ ★   चीनद्वारा कार्बनडाइअक्साइड उत्सर्जन उच्च रहेका पाइलट सहरहरूको सूची जारी

अख्तियारमा एमाले अध्यक्ष ओलीसहित पाँच नेताविरुद्ध उजुरी



काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीविरुद्ध उजुरी परेको छ ।

नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियुले बिहीबार तत्कालीन प्रधानमन्त्री ओलीसँगै उहाँको मन्त्रिपरिषदमा रहेका ईश्वर पोखरेल, योगेश भट्टराई, पद्मा अर्याल र भानुभक्त ढकालविरुद्ध उजुरी दर्ता गरेको छ । 

उजुरीकर्ता अनेरास्ववियु बागमती कमिटी प्रदेशका संयोजक दीपक बुढाथोकीले झापा जिल्लास्थित गिरीबन्धु टी स्टेको नाममा बिर्तामोड र अर्जुनधारामा गरी ३०० बिघाभन्दा बढी सट्टापट्टा गर्न ऐन संशोधन गरी नीतिगत भ्रष्टाचार गरेको आरोप लगाएका छन् । 

त्यस्तै कोरोना महामारीको समयमा ओम्नी ग्रुपसँग मिलेमतो गरी स्वास्थ्य सामग्री खरिद प्रक्रियामा तत्कालीन कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसीएमसी) को संयोजक हैसियतमा उपप्रधानमन्त्री पोखरेल र स्वास्थ्यमन्त्री ढकालले करोडौँ रुपैयाँको भ्रष्टाचार गरेको आरोप लगाइएको छ । 

उजुरीमा भिजिट नेपाल २०२० मा विदेशीहरुलाई व्यापकरुपमा भित्र्याउने उद्देश्यले प्रचार प्रसारका लागि भनी राज्यकोषको करोडौँ रकम तत्कालीन पर्यटनमन्त्री भट्टराईले भ्रष्टाचार गरेको आरोप लगाइएको छ ।