२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

२०३० को विश्वकप आयोजनामा अर्जेन्टिनासहित चार राष्ट्रको संयुक्त दावी



अ+ अ-

काठमाडौँ । सन् २०३० को विश्वकप फुटबल आयोजना गर्न दक्षिण अमेरिकाको विश्व च्याम्पियन चार राष्ट्रले संयुक्त दावी पेश गरेको छ ।

विश्वकप आयोजनाका लागि अर्जेन्टिनासँगै चिली, उरुग्वे र पाराग्वेले आधिकारिक रूपमा आफ्नो संयुक्त प्रस्ताव पेश गरेका हुन् ।

सन् १९३० मा पहिलोपटक उरुग्वेमा विश्वकपको आयोजना भएको थियो । यससँगै सन् २०३० मा विश्वकप आयोजना भएको १ सय वर्ष पूरा हुनेछ । सोहि कारणले चार दक्षिण अमेरिकी राष्ट्रहरूले विश्वकपलाई ‘फुटबलको जन्म भएको ठाउँमा’ फर्कन आह्वानसहित सो प्रस्ताव पेश गरेका हुन् ।

दक्षिण अमेरिकी फुटबल संघ (कन्मेवल) का अध्यक्ष अलेजान्ड्रो डोमिन्गुएजले २०३० को विश्वकप सामान्य विश्वकप मात्र नभएर १ सय वर्षको उत्सव पनि हुने बताएका छन् । ‘सन् २०३० को विश्वकप अर्को विश्वकप मात्र होइन, यो १ सय वर्षको लागि मान्यताको साथ उत्सवको योग्य छ ।’ उनले भने, ‘हामी विश्वस्त छौं कि हामी भन्दा पहिले आएका र महानतामा विश्वास गर्ने र पहिलो विश्वकप बनाउनेहरूको सम्झनालाई सम्मान गर्न फिफाको दायित्व छ ।’

अर्जेन्टिना फुटबल संघ (एएफए) का अध्यक्ष क्लाउडियो तापियाले विश्व च्याम्पियनको रूपमा दक्षिण अमेरिकामा अब विश्वकप आयोजना हुनुपर्ने बताएका छन् । ‘यो विश्वकप आयोजना भएको १ सय वर्ष पूरा हुनलागेको अवसरमा मात्र होइन । हामी फुटबलकै कारण यहाँ छौं । हाम्रो निरन्तर दावी रहनेछ ।’ अध्यक्ष तापियाले भने ।

यता, स्पेन, पोर्चुगल र युक्रेनले २०३० को विश्वकप आयोजनाका लागि यस अघि नै संयुक्त दाबी गरिसकेको छ ।

सन् २०२६ को विश्वकप भने अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रुपमा आयोजना हुँदैछ ।