५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालकोटबाट बाहिरिँदै प्रधानमन्त्रीले भने– राजनीतिक संयन्त्र बैठकमा राष्ट्रपतिबारे छलफल हुन्छ



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता सकिएको छ ।

ओलीलाई भेट्न बुधबार बिहानै बालकोट पुग्नुभएको प्रधानमन्त्री प्रचण्डले उच्च स्तरीय राजनीतिक संयन्त्रको बैठक बस्ने सहमति भएको बताउनुभएको छ । ‘उच्च स्तरीय राजनीतिक संयन्त्र बैठक बस्छौ। सहज रूपमा कसरी अगाडि बढ्ने छलफल गर्छौँ। राष्ट्रपतिको विषयमा पनि भोलि छलफल हुन्छ।’, प्रधानमन्त्री प्रचण्डले भन्नुभयो ।

आगामी २५ फागुनमा राष्ट्रपति चयनका लागि निर्वाचन हुँदै छ । सोही निर्वाचनलाई लिएर राजनीतिक माहोल तातेको छ ।

संसद्को ठूलो दल कांग्रेसले समेत राष्ट्रपतिमा आकांक्षा राखेपछि माओवादी केन्द्रका अध्यक्ष समेत रहनुभएका प्रचण्डलाई प्रधानमन्त्रीमा सघाएको एमालेले राष्ट्रपति आफ्नो भागवण्डामा परेको सहमति भएको एमाले नेताहरू बताउँदै आएका छन् ।

यता, राष्ट्रपतिमा कांग्रेसले पनि दाबी राख्दै आएपछि प्रधानमन्त्री प्रचण्ड त्यसमा सहमत भएको हो कि भन्ने आशंका एमालेमा पैदा भएको छ । तसर्थ दुई शीर्ष नेताबीच भेटघाट बाक्लिँदो छ । यसअघि हिजो मंगलबार पनि बालुवाटारमा राष्ट्रपति निर्वाचनलाई लिएर प्रधानमन्त्री दाहाल र ओलीबीच छलफल भएको थियो ।